Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

समीक्षा गुरुङ मृत्यु प्रकरण : पूर्व प्रेमी पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 14, 2022
3 shares

काठमाडौं । बुटवलको एक होटलमा मृत अवस्थामा फेला परेकी बुटवल–२ की समीक्षा गुरुङको मृत्यु प्रकरणमा उनका पूर्व प्रेमी पक्राउ परेका छन् ।

असार २५ गते शनिबार गोल पार्कमा रहेको होटल पाल्पालीमा झुन्डिएको अवस्थामा गुरुङ फेला परेकी थिइन् ।

सो प्रकरणमा होटलमा उनीसँगै बसेका पूर्व प्रेमी बुटवल उपमहानगरपालिका-३ का २० वर्षका असीम श्रेष्ठलाई प्रहरीले अनुसन्धानको लागि पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीका अनुसार शुक्रवार राती होटलमा बस्न गएका दुईजना मध्ये श्रेष्ठ शनिवार बिहान बिल तिरेर निस्केका थिए । गुरुङ भने होटलको रुम नम्बर १०५ मा झुन्डिएको अवस्था भेटिएकी थिइन् । प्रहरीले धेरै अनुसन्धानपछि होटलमा सँगै बस्ने श्रेष्ठ रहेको पत्ता लगाएको बताए ।

बुटवलमा घर भए पनि एसइई पछि स्टाफ नर्सका पढ्ने तयारीको लागि काठमाडौँ बस्ने समीक्षा असार २३ गते बुटवल आइएकी थिइन् । बुटवलको अमर पथमा पसल गर्ने असीम श्रेष्ठसँग उनको पुरानो सम्बन्ध थियो ।

पछिल्लो समय सम्बन्धमा खटपट आएपछि कुनै फोन, सामाजिक सञ्जालमा सम्पर्क भएको थिइनन् । तर जब असार २४ गते समीक्षाले कल गरिन् अनि भेटघाट गर्ने योजना बन्यो । अमर पथको पसल बन्द गरेर श्रेष्ठ गोल पार्कमा रहेको होटल पाल्पालीमा पुगे ।

त्यो भन्दा आधा घण्टा अगाडि नै गुरुङ भने होटलमा पुगेर दाइ आउँदै हुनुहुन्छ भन्दै रुम बुक गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । शुक्रबार रातभर सँगै बसेपछि शनिवार श्रेष्ठ पसल खोल्नका लागि भन्दै बिहान ८ बजेतिर बिल तिरेर होटलबाट निस्के । तर युवती चाहिँ रुममै बसिन् ।

पछि उनलाई बोलाउनको लागि जाँदा ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले स्थानीयको रोहबरमा ढोका फोड्दा उनी झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । लुम्बिनी प्रादेशिक अस्पतालले दिएको पोस्टमार्टम रिपोर्टमा गुरुङ झुन्डिएको भन्ने उल्लेख छ ।

प्रहरीलाई होटल सञ्चालकले युवायुवती रुममा बसेको बताए पनि प्रहरीलाई भने रुममा सँगै बस्ने युवाको खोजी गर्नको लागि सकस भयो । होटलमा उनीबारे कुनै रेकर्ड थिएन । नजिकै सीसी टीभी फुटेज पनि थिएन । प्रहरीले अनुसन्धान लागि घटनामा संलग्न रहेको आशङ्कामा ८ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । यसरी सोधपुछमा पर्नेमा धेरै समीक्षाका साथीहरू थिए । तर धेरैले भेटघाट भयो छुटिएको भन्ने जवाफ दिएपछि प्रहरीले होटल सञ्चालकको भनाइलाई नै शङ्काको घेरामा राखेको थियो ।

पछि अनुसन्धान गर्दा रतिसँगै बस्ने पूर्व प्रेमीका श्रेष्ठ नै भएको खुलेको केसीले बताए । उता मृतकका बुवा सन्दीप गुरुङले होटल सञ्चालक रामप्रसाद अर्याल र श्रेष्ठविरुद्ध जबरजस्ती करणी गरी आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिएका छन् । प्रहरीले अनुसन्धान गर्दै थप कानुनी प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्...

  • September 16, 2026

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved