काठमाडौं । ललितपुरको हात्तीवनमा ट्रकसँग ठोक्किएर स्कुटर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ललितपुरको गोदावरी नगरपालिका(५ लेले घर भई हाल नख्खु बस्ने अन्दाजी २० वर्षीय सुरेश मोक्तान रहेको प्रहरीले जनाएको छ ।

गएराति पौने १ बजे मोक्तानले चलाएको बाग्मती प्रदेश ०२-००७ प ८६३८ नम्बरको स्कुटर अनियन्त्रित भएर रोकी राखेको ०१-००५ख ९४७५ नम्बरको ट्रकको पछाडि ठोक्किंएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोक्तानको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटौमै मृत्यु भएको प्रहरीले जनाएको छ ।










