Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाली कारागारमा सबैभन्दा धेरै कैदीबन्दी भारतका

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 11, 2022
3 shares

काठमाडौं । गत जेठ मसान्तसम्मको तथ्याङ्क हेर्दा छिमेकी मुलुकहरू भारत र चीनदेखि अमेरिकी, युरोपेली तथा अफिक्री मुलुकसम्मका नागरिक नेपाली कारागारमा छन्।

विभागका अनुसार उनीहरू लागुऔषध ओसारपसारदेखि यौन दुराचार लगायतका मुद्दामा सजाय काटिरहेका हुन्। कति कैदीबन्दी कुन अपराधमा दोषी पाइएका हुन् भन्नेबारे एकीकृत तथ्याङ्क चाहिँ आफूहरूसँग नरहेको विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटीले बताए।

विभागका पूर्वनिर्देशक जनकराज दाहालको अनुभवमा चाहिँ विदेशी कैदीबन्दीमध्ये अधिकांश लागुऔषध कारोबारसम्बन्धी मुद्दाका दोषी हुने गरेका छन्।

जेठ मसान्तसम्म नेपाली कारागारमा विदेशी कैदीबन्दीको सङ्ख्या १,३३६ रहेको तथ्याङ्क छ।

सबैभन्दा धेरै कहाँको नागरिक ?

नेपाली कारागारमा रहेका विदेशी कैदीमध्ये सबैभन्दा धेरै भारतीय नागरिक रहेको तथ्याङ्कले देखाउँछ। जेठ महिनासम्म उनीहरूको सङ्ख्या १,१७५ रहेको छ जुन कुल विदेशी कैदीबन्दीको ८७.९४ प्रतिशत हुन आउँछ।

तीमध्ये वाग्मती प्रदेशका कारागारमा सबैभन्दा धेरै ३८८ जना भारतीय कैदीबन्दी रहेका छन्। त्यसपछि मधेश प्रदेशमा २५९ जना भारतीय कैदीबन्दी छन्।

कर्णाली प्रदेशमा सबैभन्दा कम अर्थात्‌ एकजना भारतीय कैदीबन्दी रहेको तथ्याङ्क छ। अर्को छिमेकी मुलुक चीनका २६ जना कैदीबन्दीले सजाय काटिरहेका छन्। भुटानका २२, पाकिस्तानका २१, बाङ्ग्लादेशका नौजना छन् भने अमेरिकाका तीनजना छन्।

विभागका अनुसार रुस, डेनमार्क, जर्मनी, यूके, सिङ्गापुर, फ्रान्स, नेदरल्यान्ड, थाइल्यान्ड, जापान लगायत देशका पनि नागरिकहरू अहिले कैदीबन्दीका रूपमा कारागारमा रहेका छन्।

किन भारतीय धेरै ?

आधिकारिक तथ्याङ्क नभए पनि नेपालमा ठूलो सङ्ख्यामा भारतीय नागरिकहरू औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्दै आएका छन्।

खुला सिमानाका कारण जुनसुकै नाकाबाट सजिलै आउजाउ गरेका हुन्छन्, विभिन्न पेशा व्यवसाय पनि गरिरहेका हुन्छन्, धेरै भारतीय कैदीबन्दी हुनुको एउटा कारणबारे विभागका सूचना अधिकारी शिवाकोटीले भने।

खुला सिमानाका साथै दुई देशका अपराधीहरूबीच साठगाँठका कारण पनि उनीहरूको सङ्ख्या तुलनात्मक रूपमा धेरै भएको पूर्वगृह सचिव उमेश मैनाली बताउँछन्।अपराधीहरूबीच सम्बन्धका कारण यताका उता जाने भए अनि उताका यता आउने भए। यो पनि एउटा कारण हो, उनले भने।

कारागार व्यवस्थापन विभागका पूर्वनिर्देशक दाहालका अनुसार आउजाउका लागि प्रवेशाज्ञा नचाहिनुले पनि आपराधिक घटनामा अरू मुलुकका भन्दा भारतका नागरिक बढी संलग्न भएको पाइएको कतिपय जानकार बताउँछन्। मुख्य कुरा त खुला सिमाना नै हो। अर्को कुरा नजिकको सम्बन्ध छ, साथीभाइको हिसाबले भारतीय नागरिकको आउजाउ पनि धेरै छ, ।

सामान्य मजदुरी गर्नेदेखि कपाल काट्ने, कबाडी सङ्कलन गर्ने, तरकारी बेच्ने लगायतका काममा नेपालीभन्दा भारतीय नागरिक धेरै रहेको अधिकारीहरू बताउँछन्। यद्यपि उनीहरूको सङ्ख्याबारे यकिन तथ्याङ्क अहिलेसम्म कुनै पनि सरकारी निकायले उपलब्ध गराउन सकेका छैनन्।

समाधानका उपाय के ?

सुरक्षासम्बन्धी दुई देशका निकायले एकअर्कालाई सहयोग नगरे सीमापार अपराध रोक्न कठिन हुने पूर्वगृहसचिव मैनालीको ठम्याइ छ।

दुई देशका गृह मन्त्रालयबीच राम्रै सम्बन्ध छ। परराष्ट्र मन्त्रालयहरूबीच पनि त्यस्तै सम्बन्ध हुनुपर्‍यो अनि दुई देशका प्रहरीबीच अझ राम्रो समन्वय हुनुपर्‍यो,उनले थपे। सीमापार आपराधिक गतिविधि नियन्त्रणका लागि सीमा व्यवस्थापन चाहिँ महत्त्वपूर्ण पक्ष भएको कारागार व्यवस्थापन विभागका पूर्वनिर्देशक दाहाल बताउँछन्। बीबीसी

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्...

  • September 16, 2026

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved