Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राष्ट्रिय परिचय पत्र : केन्द्रमा कपालको रङ्गको विवाद

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 11, 2022
6 shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कार्यालय परिसरको विभिन्न ठाउँमा टाँसेको सूचनामा महिला र पुरुषको कपाल कस्तो हुनुपर्छ ? भन्ने बुँदालाई लिएर केही मानिसले आक्रोश व्यक्त गरेका छन् भने केहीले व्यङ्ग्य गरेका छन्।

फोटो खिचाउँदा पुरुषको हकमा कपाल कालो बाहेक अन्य रङ्गको भए नेपाली ढाका टोपी लगाउनु पर्ने जनाइएको छ। महिलाको हकमा भने कपाल कालो हुनु पर्ने जनाइएको छ। यसबारे लेखक केदार शर्माले आश्चर्य जनाउँदै लेखेका छन् । महिलाका हकमा कपाल कालो हुनुपर्ने रे ! यो नियम साँच्चै सही हो भने मुद्दा हालौँ!

पत्रकार उमेश श्रेष्ठले उक्त सूचनाको तस्बिरसहित गरेको ट्विटमा केही मानिसले संविधानले सुनिश्चित गरेको मौलिक हकविरुद्ध र लैङ्गिक विभेद प्रेरित गर्ने सूचना जारी भएको तर्क राखेका छन्।

यद्यपि, अधिकारीहरूले भने ती आरोपको खण्डन गरेका छन्।

कर्मचारी र सेवाग्राहीबीच मतभेद

जिल्ला प्रशासन कार्यालय, काठमाण्डूकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलका अनुसार राष्ट्रिय परिचय पत्रका लागि खिचेको तस्बिरमा प्राविधिक समस्या नआओस् भन्ने हेतुले उक्त सूचना राखिएको हो।

यद्यपि, यस सम्बन्धी कार्यविधि र मापदण्डहरू भने राष्ट्रिय परिचय पत्र विभागले नै सीडीओ कार्यालयमा पठाउने उनले बताइन्। हामीले त कार्यालय परिसरमा विभागको लागि फोटो खिच्ने ठाउँ उपलब्ध गराएको मात्र हो। उहाँहरूले नै तय गर्नु भएको मापदण्ड टाँसिएको छ, उनले भनिन्।

त्यहाँ रहेका कर्मचारी र तस्बिर खिचाउन आउने सेवाग्राहीबीच यसै विषयलाई लिएर मतभेद हुने ढुङ्गेलले बताइन्।

‘कर्मचारीले आफूलाई दिइएको निर्देशन अनुरूप तस्बिर खिच्न खोज्दा सेवाग्राहीहरू स्वतन्त्रता हनन भएकोु भन्दै असन्तुष्टि व्यक्त गर्न आउँछन्। त्यो अन्योल हटाउनका लागि पनि सूचना राखिएको हो।’ उनले भने

सहजीकरण नै उक्त सूचनाको मूल उद्देश्य भएको उनको दाबी छ।

कपाल कालै हुनु पर्ने सर्तबाहेक टिका हटाउने, गाजल पुछ्ने, लिपस्टिक पुछ्ने, कानको झुम्का हटाउने, नाकको फुली ठूलो भएमा हटाउन लगाउने र धेरै मालाहरू भएमा त्यो पनि हटाउनु पर्ने उल्लेख गरिएको छ।

प्राकृतिक कपाललाई छुट

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले राष्ट्रिय परिचय पत्रका लागि लिइने तस्बिर प्राकृतिक देखियोस् र व्यक्तिलाई सहजै पहिचान गर्न सकियोस् भनेर त्यस्तो मापदण्ड तय गरिएको बताए।

भट्टराईका अनुसार ‘राष्ट्रिय परिचय पत्र नागरिकता भन्दा बढी संवेदनशील हुने भएकाले तस्बिर सामान्य प्रकृतिको हुनुपर्छ। एउटै मानिसको कपालमा तीनथरी रङ्ग छ भने त्यसलाई एकथरी बनाउनुहोस् भन्ने हाम्रो आग्रह हो,’ उनले भने।

कपाल फुलेका मानिसको हकमा उक्त नियम लागू नहुने उनको भनाइ छ।

राष्ट्रिय परिचयपत्रमा प्रयोग हुने तस्बिर अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) को मापदण्ड अनुसार हुनुपर्ने व्यवस्था छ। मापदण्ड अनुसारको ‘पोट्रेट तस्बिरमा कसरी मानिसको प्राकृतिक रूप देखिन्छ सोही अनुरूप कैद गर्नु पर्ने,’ जनाएको उनको तर्क छ।

तस्बिर खिचाउने मानिसको कपाल विभिन्न रङ्गको हुँदा त्यसको प्रतिविम्ब अनुहारमा समेत पर्न सक्ने उनले बताए।

‘एउटै मानिसको कपाल तीन थरी नदेखियोस् भन्ने हाम्रो चाहना हो।‘

जैविक विवरणमा असर पुर्‍याउँछ ?

राष्ट्रिय परिचयपत्रको निम्ति विवरण सङ्कलन गर्ने क्रममा हरेक मानिसको जैविक विवरण (बायोमेट्रिक) लिइन्छ। जस अन्तर्गत चारवटा पक्ष समेटिन्छ, पहिलो १० औँलाको छाप, दोस्रो पोट्रेट तस्बिर, आँखाको रेटिना र डिजिटल हस्ताक्षर।

पोट्रेट तस्बिरलाई व्यवस्थित बनाउन र प्राकृतिक देखाउन ती नियम बनाएको महानिर्देशक भट्टराईको दाबी छ।

तर उनको तर्कको खण्डन गर्छन् डिजिटल अधिकार सम्बन्धी वकालत गर्ने अधिवक्ता सन्तोष सिग्देल। उनी प्रश्न गर्छन् योमेट्रिकका लागि कालै कपाल चाहिने भए मानिसको कपाल खैरो वा अन्य रङ्गको हुने देशमा के गरिन्छ त ?

जैविक विवरणका लागि लिइने तस्बिर पहिचानसँग सम्बन्धित नभएको र कपालमा रङ्ग लगाएको तस्बिर नखिचाउनु भन्नु वैज्ञानिक नभएको उनी बताउँछन्। यदि विवादित बुँदा कानुनमा उल्लेख नभई सूचना जारी गरिएको हो भने त्यसलाई  ‘मोरल पोलिसिङ” अर्थात् जबरजस्ती नैतिकता सिकाउने कामका रूपमा लिन सकिने उनको भनाइ छ।

उनले भने,कानुन कार्यान्वयन गर्ने अधिकारीहरूले आफ्नो अधिकार दुरुपयोग गरेका हुन्। यसले व्यक्तिको वैयक्तिक स्वतन्त्रतामा खलल पुर्‍याउँछ। राज्यले त्यसरी बाध्य गराउन मिल्दैन।

कार्यविधिमा के छ ?

राष्ट्रिय परिचय पत्र सञ्चालन कार्यविधिमा फोटो खिच्दा कपालको रङ्गको सन्दर्भमा स्पष्ट लेखिएको छैन। तस्बिर लिँदा महिला वा पुरुषको दुवै कान देखिनु पर्ने जनाइएको छ। र महिलाले मुखाकृतिलाई असर पर्ने कुनै पनि किसिमको गहना लगाउन नहुने भनिएको छ।

पहिचानमाथि राज्यको धावा

समाजशास्त्री डा. मीना पौडेलले जारी सूचनालाई यो यौनिकता र पहिचानसँग जोडिएको विषय भएको बताइन्। यस्ता मापदण्डहरूले विशेषगरी महिलाका गुणहरू परम्परावादी, धार्मिक दृष्टिकोणबाट तय गर्ने विचार राखिन्।

‘महिलाको अनुहार वा कपाल कस्तो हुनुपर्छ, उसले लुगा कस्तो लगाउनु पर्छ, उसले आफ्नो शरीर कसरी ढाक्नु पर्छ भन्ने कुरा निर्धारण गर्नु कसैको पहिचानमाथि राज्यले धावा बोल्नु हो,’ उनले भनिन्। परिचय पत्रको तस्बिरमा अनुहार नै नचिनिनेगरी अस्वाभाविक शृङ्गार वा गहना प्रयोग गर्नु उचित नभए पनि कपालको रङ्गले त्यसमा कुनै असर नपुर्‍याउने उनी बताउँछिन्।

‘फोटो हेरेर मान्छे चिनिन पर्‍यो। तर चाहे त्यो महिला होस् या पुरुष उसको कपालको रङ्ग पहिचानको चिन्ह हुन सक्दैन,’उनले प्रस्ट्याइन्। विभिन्न सामाजिक, सांस्कृतिक आन्दोलन र पहल गरेर हटाएको मूल्य र अमान्य ठहरिएको मान्यतालाई पुनः ‘थोपर्नु’ समाजलाई पछाडि तिर धकेल्ने प्रयास भएको डा.मीनाको विचार छ। बीबीसी

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्...

  • September 16, 2026

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved