उमेश भुजेल- जेठ १४, खोटाङ । विदेशी संस्था जि–फाण्डेसनले खोटाङ्गको ऐसेलुखर्क गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भइरसको दोस्रो लहर संक्रमणबाट जोगीन आवश्यक पर्ने विभिन्न दश किसीमका स्वास्थ्य सामाग्री प्रदान गरेका गाउँपालिका उपाध्यक्ष पुस्पकला भुजलले बताइन ।



गाउँपालिकालाई जि–फाउण्डेसनको नेपालको मुख्य कार्यालय ललितपुरको झम्सीखेलमा विहीबार एन्टीजेन कीट २ सय थान, ५० प्याक सर्जिकल मास्क, सय पिस फेससिल्ड, ग्लोप्स ३० प्याकेट, पिपिइ सोट २० थान, ५ पिस पल्स अक्सिमिटर, ११ पिस निपल फर अक्सिजन कन्सन्ट्रेटर र सेनिटाइजर ५ लिटर गाउँपालिका उपाध्यक्ष पुस्पकला भुजेललाई उपलब्ध गरायको उनले बताइन ।



यस्तै अक्सिजन कन्सन्ट्रेटर दुइ थान नेवुलाइजार मेसीन ५ थान लगायतका १० प्रकारकार स्वास्थ्य सामाग्री उपलब्ध गाराएको उनले बताईन् । यस्तै अमेरिका नेपाल चिकित्सा प्रतिष्ठान नेपालले एक थान अक्सिजन कन्सन्ट्रेटर र एन ९५ मास्क गाउँपालिका उपाध्यक्ष भुजेललाई उपलब्ध गरायको उनको भनाइ छ । गाउँपालिकामा यो भन्दा अगाडी गाउँपालिका शैक्षिक क्षेत्रमा र गाउँपालिका वासीको जिनस्तर उकास्नको लागि जि–फउण्डेसनले विगत २ दशक देखी लागिरहेको छ ।










