Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

साउन १८ देखि सबै प्रदेशमा माओवादीको प्रशिक्षण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 9, 2022
3 shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले साउन १६ गतेदेखि भदौ ३ गतेसम्म प्रशिक्षण दिने निर्णय गरेको हो ।

प्रवक्ता महराका अनुसार साउन १८ गते गण्डकी, २० गते प्रदेश–१, २४ गते लुम्बिनी, २८ गते सुदूरपश्चिम प्रदेशमा प्रशिक्षण दिइने छ । साउन २९ गते कर्णालीमा, ३० गते विशेष प्रदेश, भदौ १ गते सम्पर्क समन्वय र ३ गते प्रवासको प्रशिक्षण गर्ने निर्णय गरिएको प्रवक्ता कृष्ण बहादुर महराले बताए ।

त्यस्तै, प्रदेश र प्रतिनिधि सभाको आसन्न चुनावका लागि प्रदेश समन्वय समिति गठन गरिएको छ । प्रदेशका इन्चार्जको संयोजकत्वमा समिति गठन गरिएको छ । यसमा केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारी रहने महराले बताए ।

त्यस्तै, स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातबारे छानबिनका लागि समिति गठन गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

तीन सदस्यीय समितिमा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेको पार्टी प्रवक्ता महराले जानकारी दिए । हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले अन्तरघातबारे छानबिनका लागि समिति गठन गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीमा देखिएको विवाद समाधान गर्न सुझाव समिति गठन गरेको छ । स्थायी कमिटी बैठकले पूर्व विद्यार्थी नेताहरु रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेको तीन सदस्यीय समिति गठन गरेको हो ।

प्रवक्ता महराका अनुसार समितिको सुझावका आधारमा स्थायी कमिटीले निर्णय गर्नेछ । ‘विद्यार्थीमा देखिएको समस्या हल गर्न उहाँहरुले सुझाव दिनुहुन्छ । स्थायी कमिटीले निर्णय गर्छ’, प्रवक्ता महराले भने । अखिल क्रान्तिकारीमा उपाध्यक्ष पवन कार्की समूहले छुट्टै सम्मेलन आयोजक समिति बनाएर समानान्तर गतिविधि गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्...

  • September 16, 2026

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved