उमेश भुजेल-जेठ १३,खोटाङ्ग । खोटाङ्गको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका –१५बिजयखर्कका जनप्रतिनिधिले वडाका कोरोना संक्रमितलाई घरघरमा पुगेर औषधि वितरण गर्न थालेका छन् । वडामा कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि जनप्रतिनिधि र स्वास्थ्य कर्मचारीहरु संक्रमितको घरघरमा पुगेर औषधि तथा स्वाथ्य समाग्री वितरण गर्न थालेका छन् ।

संक्रमितलको मनोबल बढाउन र उनीहरुको स्वास्थ्य अवस्था बुझ्न घरघरमा पुग्ने गरेका हुन् । कोरोनाबाट थलिएका नागरिकहरुको मनोबल उच्च बनाउन स्वास्थ्यका मापदण्ड पालना गर्दै संक्रमितको घरघरमा औषधि भिटामीन र स्वाथ्य सामाग्री लिएर पुग्ने गरेको वडा अध्यक्ष विरेन्द्र ढकालले वताए । विहिबार वडाको सविक वडा नं १ माला वडा नं २ विजयखर्क लगायतको वडाहरुमा थालनी गरिएको उनको भनाइ छ ।आफ्ना वडा बासीलाई कोरोना भाइरससंग लड्नको लागि जनचेतना पनि फैल्याइरहेको उनको भनाई छ ।

१५ वटा वडा रहेको जिल्लाको दिक्तेल रुपाकोट मझसवागढी नगरपालिकाको दिक्तेलमा एक जनाको मृत्यु भए पश्चात नगपारलिकाले १५ वटै वडालाई शिल गरे लगत्तै आफ्नो टोल र वडाहरुलाई पनि शिल गरिएको वडा अध्यक्ष ढकालले बताए । हालसम्म ३५ जनालाई n नागरिकलाई कोरोना संक्रमण भइसकेको छ । संक्रमितको संख्य धेरै भएकाले सम्भावित जोखीमलाई मध्यनजर गर्दै स्थानिय सन्तोष भुजेलको ना १ ज ७४५९ नम्बरको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गरिने वडा कार्यालयले जनाएको छ ।

हालसम्म गम्भिर अवस्थका दुई कोरोनाका संक्रमितहरुले कोरोना संक्रमण जितेको र अन्य संक्रमितहरुले पनि कोरोना जित्ने विश्वास रहेको अध्यक्ष ढकालले बताए । हालसम्म केही विरामीहरुको स्वास्थ्य अवस्थाहरु गम्भीर रहेकोले उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल दिक्तेल पठाउने तयारी भइरहेको उनको भनाइ । प्राय संक्रमितहरु होम आइसोलेसनमै रहेर उपचार गराइरहेका छन् । संक्रमण फैलिरहेको भन्दै वडाले स्वास्थ्य सतर्कता अपनाएर घरमै बस्न आग्रह गरेको छ ।










