काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा केहीबेरमा मतगणना सुरु हुने भएको छ ।
मतगणनाको लागि अहिले सर्वदलीय बैठक बसिरहेको र बैठकपछि मतगणना सुरु हुने निर्वाचन अधिकृत लक्षण कडायतले जानकारी दिए । “सर्वदलीय बैठक बस्दैछ, केहीबेरमा मतगणना सुरु हुन्छ,” उनले भने । ढिलोमा नौ बजेसम्म मतगणना सुरु हुने उनले बताए ।











