काठमाडौं । लैनचौरस्थित भारतीय दूतावासभित्र एक जनाले आत्महत्या गरेका छन् ।
गेटको डियुटीमा खटिएका सिआईएसएफका जवानले आफैलाई गोली हानेर सोमबार बिहान आत्महत्या गरेका हुन् । घटनाको अनुसन्धान भइरहेको छ ।

दूतावासभित्र गोली चलेको खबरलगत्तै नेपाल प्रहरीको टोली त्यहाँ पुगेको थिए । उनले आफुले बोकेको इन्सास राइफलबाट आफैलाई गोली हानेको स्रोतले बताए।










