ललितपुर। ललितपुर स्थित लिभिङ स्टाेन एकेडेमिमा शुल्क तथा विभिन्न बिषयमा उठेकाे बिबादकाे बिषयमा शिक्षा मन्त्रालयकाे ठाडाे निर्नेशनमा ललितपुर महानगरपालिका शिक्षा साखाले लिभिङ स्टाेन एकेडेमि सँग एक हप्ते लिखित स्पष्टिकरण माग गरेकाे छ।
काेरियन मिसनरीकाे लगानिमा संचालित उक्त स्कुलले मासिक शुल्क समयमा तिर्न नसके १०% देखि ३०% सम्म जरिवाना लिएकाे तथा मासिक शुल्क बृद्दि पनि मनाेमानि ढंगले गरियाे भने अभिभावकद्वारा सामाजिक संजालमै गुनासाे राखेका थिए।

शिक्षक निकालेकाे,अभिभावककाे गुनासाे , मासिक शुल्क बृद्दि साथै मासिक शुल्क समयमा नबुझाउँदा जरिवाना लिएकाे बिषय सहितकाे लिखित स्पष्टिकरण माग गरिएकाे पालिका शिक्षा साखा संबद्ध एक कर्मचारिले हामिलाई फाेन मार्फत जानकारी गराए।
उक्त गुनासाे राख्ने अभिभावकलाई आन्तरिक रुपले भेटि सहमतिमा समाधान खाेजिए पनि अन्य अभिभावकहरुकाे गुनासाे भने अझै रहेकाे देखिन्छ। कि भने सत्य तथ्यकाे जानकारिका लागि स्कुलले अभिभावक भेला सहित पत्रकार सम्मेलन गरि स्कुलकाे गल्ति स्विकार्नु पर्छ यदि स्कुलले गलत नगरि स्कुलकाे बदनाम गर्न सञ्जाल र मिडियाबाजि गरेकाे हाे भने संबंधित ब्यक्ति वा संस्थाकाे बिरुद्द स्कुलले कार्वाहि गराउन पर्ने असन्तुष्ट अभिभावकहरुकाे रहेकाे छ।
उक्त लिभिङ स्टाेन एकेडेमिकाे याे बिषयकाे उठान सामाजिक संजाल फेसबुक मार्फत स्कुलमै अध्ययनरत बिध्याथिका अभिभावक राजेश पन्तले उठान गरेका थिए भने फेरि स्कुल सँग हामी मेलमिलाप गर्याैँ भनेर दाेहाेराे भुमिका देखाएका थिए। उता यो बिषयलाई रातोपटीन्यूज डट कमले प्राथमिकताका साथ दुई शृङ्खलासम्म समाचार प्रकाशित गरेसंगै ललितपुर महानगरपालिका शिक्षा महाशाखाले अनुगमन गरेको थियो ।
याे पनि पढ्नाेस :










