जेठ १३, काठमाडौं । कोरोना भाइरस कोभिड १९ को दोस्रो चरणको महामारी फैलिरहेको बेला चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ ।
राष्ट्रपती विद्यादेवी भण्डारीले चिनिया समकक्षी सी जिनपिङ सँग भएको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदान घोषणा गर्नु भएको हो ।
महामारीका बेला नेपाल जस्तो मित्रराष्ट्रलाई खोप अनुदान दिन पाँउदा आफु हर्षित भएको कुरा ब्यक्त गर्नु भएको र आगामी दिनमा पनि सहयोग का लागि चिन सरकार तयार रहेको कुरा सी बाट ब्यक्त भएको राष्ट्रपतीको कार्यालयले जनाएको छ ।
दुई राष्ट्रपतिको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिन तयार रहेको जानकारी दिनु भएको छ ।











