काठमाडौँ । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्न लागेको छ । आज दिउँसो ३ बजे काठमाडौँको भृकुटीमण्डपमा कार्यक्रम गरी नयाँ दलको घोषणा गर्ने तयारी भएको हो ।
राष्ट्रिय सभाका सांसद रहेको गौतम नेपालका वामपन्थी दलहरुको एकै ठाउँमा ल्याउन अभियान चलाउँदै आईरहेको थिए । गएको शनिबार भएको राष्ट्रिय भेलाले पार्टी गठन गर्ने निर्णय गरेको प्रचार संयोजक निमकान्त पाण्डेले बताए ।

६९ सदस्यीय केन्द्रीय कमिटीमा गौतम अध्यक्ष र डिबी कार्की सचिव रहेको पाण्डेल जानकारी दिए। उनका अनुसार निर्वाचन आयोगमा दल दर्ता गरी चुनावी प्रक्रियामा पनि अघि बढ्ने तयारी भएको बताए ।










