काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले पनि सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ ।
जसपाको कार्यकारिणी समितिले अहिले सरकारमा भएका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरेको हो ।

अध्यक्ष उपेन्द्र यादवले पार्टीले चाहेको बेला मन्त्रीलाई फिर्ता बोलाउने छलफल भइरहेको बताउए । मन्त्री हेरफेर सामान्य कुरा भएको पनि अध्यक्ष यादवको भनाइ छ । यस अघि एकीकृत समाजवादी पार्टीले मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको थियो ।
जसपाको कार्यकारिणी समितिको बैठकमा डा. बाबुराम भट्टराई र उनको पक्षका नेता भने सहभागी नभएका पाइएको छ ।
बैठकले नयाँ मन्त्रीमा नाम सिफारिस गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको बताए । यसले फुटको संघारमा पुगेको जसपामा झन् विवाद बढ्ने देखिएको। जसपाभित्र अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबीच पछिल्लो समय विवाद देखिएको थियो ।










