Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जेलभित्रै रेशम चौधरी र अध्यक्ष भट्टराईको वार्ता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 18, 2022
3 shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई रेशम चौधरीलाई भेट्न डिल्लीबजारस्थित कारागार पुगेका छन् । चौधरीलाई भेट्न शनिबार बिहानै कारागार पुगेका नेता भट्टराईले टिकापुर घटना राजनैतिक घटना रहेको भन्दै सरकारले त्यही ढंगले निरुपण गर्नुपर्ने बताए ।

चौधरीले टिकापुर घटनामा निर्दोष थारुहरुलाई फसाइएको नेता भट्टराईले बताए । उनीहरु दुबैबीच करिब ४५ मिनेट कारागारभित्रै छलफल भएको थियो । आफू कहि कतै संलग्न नरहेको बताउँदै राज्यबाट निर्दोष थारुहरुमाथि ज्यादती भएको नेता भट्टराईको भनाई छ । भट्टराईले यस विषयमा सरकारसँग गम्भीर रुपले कुरा राख्ने समेत चौधरीलाई आश्वासन पनि दिए ।

२०७२ साल भदौ ७ गते टिकापुर घटना ८ प्रहरी र १ नाबालकको ज्यान गएको थियो । उक्त घटनामा जिल्ला अदालत र उच्च अदालतले रेशम चौधरीलाई दोषी ठहर गरेको छ । चौधरीले भने आफू निर्दोष रहेको बताउँदै आएका छन् ।

भट्टराईसँगको भेटघाटमा चौधरीले आफु निर्दोष रहेको प्रष्टा पारेका थिए । शनिबार भट्टराईको जन्मदिन समेत परेको थियो । चौधरीले भट्टराईलाई जन्मदिनको शुभकामना समेत दिए ।

जेल भित्र रहेका रेशम चौधरीलाई भेट्न हिजो (शुक्रबार) सिके राउत पनि पुगेका थिए । करिब ४५ मिनेटको भेटघाटमा भट्टराई र चौधरीले कफी मगाएर पनि खाएका थिए । भेटमा भट्टराई र चौधरीसंगै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ पनि उपस्थित थिइन् । रन्जिता चौधरीको धर्मपत्नी हुन् ।

केहि हप्ताअघि मात्रै चौधरीपत्नी रन्जिता श्रेष्ठले सामाजिक सञ्जालमा टीकापुर घटनामा रेशम चौधरीले आफू दोषी नभएको बताएका थिए । घटनाको वास्तविकता राज्यलाई नै थाहा भएको भन्दै उनले आफु उक्त घट्नामा दोषी नभएको बताएका थिए ।

चौधरीपत्नी रन्जिता श्रेष्ठले सामाजिक सञ्जालमा लेखेकी छन् ‘दोषीलाई राज्यले नै जोगाएर राखेको छ । बरु तिनलाई पुरस्कार दिइएको छ । राजनीतिक लाभ दिइएको छ । कहिलेकाहीँ त निकै हाँसो पनि उठछ राज्यले उल्टो तिनैलाई वार्ता टोलीको संयोजक बनाएर पठाउँदा ।’

रन्जिता नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष हुन् । रेशम चौधरीले लेखेर दिएको भनाइ आफूले सामाजिक सञ्जालमा लेखेको उनले उल्लेख गरेकी छन् । २०७२ साल भदौ ७ मा विरोध प्रदर्शनमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीको मृत्यु भएको थियो । घटनामा एक बालकको पनि मृत्यु भएको थियो ।

उक्त घटनामा सांसद रेशम चौधरीलाई जिल्ला अदालत र उच्च अदालतले जन्मकैदको फैसला सुनाएको थियो । रेशम चौधरीले भने आफू निर्दोष रहेको बताउँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्...

  • September 16, 2026

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved