कोरोना भाइरस कोभिड–१९ को महामारी न्युनिरणको लागि नेकपा एमालेका नेता तथा पूर्ब मूख्य सचेतक बिशाल भट्टराईको पहलमा जिल्ला श्वास्थ्य कार्यालयलाई ९ लाख बढीको श्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा बिभागबाट ९ लाख ७ हजार ६६० रुपैयाँ बराबरको अक्सिजन सिलिण्डर, भिटिएम, एन्टीजेन किट, पिपिइ गाउन लगायतका स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालयमा आइपुगेको हो ।

२ लाख २६ हजार ९६९ रुपैयाँ बराबरको ४ सय थान पिपिइ गाउन, ४ सय थान एन ९५ मास्क, २० लिटर सेनिटाइजर र ४ हजार थान सर्जिकल मास्क ल्याइएको छ । ४ लाख ९३ हजार ७५२ रुपैयाँ मूल्यको १ हजार सेट एन्टीजेन्ट किट, १ लाख ६९ हजार ७६३ मूल्यको ४० लिटरको १५ पिस अक्सिजन सिलिण्डर र १७ हजार १७६ मूल्य पर्ने २ सय पिस भिटिएम जिल्ला श्वास्थ्य कार्यालयलाई बुझाईएको नेता भट्टराईले जानकारी दिनु भएको छ ।
यस भन्दा अगाडी पनि बैशाख ३० गते काठ्माण्डौंबाट ३ लाख ९९ हजार ८३३ मूल्यको स्वास्थ्य सामग्री लिएर आएका प्रतिनिधिसभा सदस्य भट्टराईले पुःन ल्याएको स्वास्थ्य सामग्री आजै स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देललाई हस्तान्तरण गर्नु भएको हो ।










