Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कमल थापाले भने, राजसंस्था आफ्नै कारणले समाप्त भयो

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 9, 2022
3 shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजसंस्था आफ्नै कारण समाप्त भएको बताएका छन् ।

राजसंस्था सबैको अभिभावन बन्न नसक्दा समाप्त भएको उनको भनाइ छ । थापाले निर्मल निवासले दलहरू माथि अनावश्यक हस्तक्षेप गर्न थालेपछि आफूले रोक्न माग गरेको जिकिर गरे।

बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले राजसंस्थालाई मर्यादित र सबैको साझा बन्नको लागि लिखित रुपमा पत्र लेखेको पनि बताए । कुनै सुनुवाइ नभए पनि राजसंस्थाको एजेन्डा छाडेको उनको भनाइ थियो ।

उनले अब कुनै पनि हालतमा राजसंस्था नफर्किने ठोकुवा पनि गरे । अध्यक्ष थापाले असम्भव एजेन्डा बोकेर जाँदा हिन्दु राष्ट्र लगायतका एजेन्डा ओझेलमा पर्ने भएकाले आफूले भारी मनले राजतन्त्रको एजेन्डालाई परित्याग गरेको पनि बताए । पार्टीले अहिले लोकतन्त्र, राष्ट्रियता र हिन्दु राष्ट्रलाई मुख्य एजेन्डा बनाएको उनले जानकारी दिए ।

‘स्वयम् राजालाई पनि राजसंस्था पुनर्स्थापना होस् भने चाहाना छ कि छैन भन्ने कुरामा ठुलो आशंका छ’, उनको भनाइ छ । नेपालमा धर्म निरपेक्षता वा हिन्दु राष्ट्र भन्ने विषय जनमत संग्रहको माध्यमबाट टुङ्गो लगाउनु पर्ने थापाले बताएका छन् ।

राप्रपा नेपालले पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्रको पुनःस्थापनालाई मुख्य एजेन्डा बनाएको बताउँदै सहमतिको आधारमा संविधानलाई संशोधन गरेर पूर्ण स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने बताए ।

थापाले आगामी भदौदेखि हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि देशव्यापी रूपमा कार्यक्रम सञ्चालन गर्ने बताउँदै जनताबाट निर्वाचित कार्यकारी प्रमुखको रूपमा प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्...

  • September 16, 2026

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved