काठमाडौँ । काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजाल आफैं फोहोर संकलनमा निस्किएका छन्।आफ्नो क्षेत्रअन्तर्गतका चोकहरुमा थुप्रिएको फोहोर वडाकै पहलमा उठाएर तत्काल समस्या समाधानमा पहलको
सुरुवात गरिएको रिजालले बताएका छन्।
उनका अनुसार चोकचोकबाट उठाइएको फोहोर तत्कालका लागि अल्पकालीन ब्यवस्थापन गर्न लागिएको हो। ‘कालधारा र शाशा गेटमा रहेको फोहरको अल्पकालीन ब्यवस्थापनमा जुटेका छौं,’ उनले भने,‘सहयोग गर्नुहुने काठमाडौं महानगर पालिका वातावरण विभाग र सम्पूर्णमा हार्दिक आभार ब्यक्त गर्दै सल्लाह र सुझावको अपेक्षा राख्दछौं।’

काठमाडौंका मेयर बालेन्द्र शाहको काममा रिजालले अवरोध गरेको भन्दै उनका सहयोगीहरुले आलोचना गरेका थिए।










