काठमाडौं । सत्ता गठबन्धन सरकारले अनाहकमा पेट्रोलियम पदार्थको मूल्य बढाएको एमालेको आरोप छ ।
प्रतिनिधिसभाको जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथिको जारी छलफलमामा एमालेका तर्फबाट मुख्य सचेतक विशाल भट्टराईले सरकारलाई उक्त आरोप लगाएको हो ।

एमालेका प्रमुख सचेतकसमेत रहेका एमाले सांसद विशाल भट्टराईले सरकारले पेट्रोलिम पदार्थको मूल्य घटाउने प्रशस्त ठाउँहरु हुँदा हुँदैपनि नघटाएको आरोप लगाए ।
‘पेट्रोलमा सरकारले ६३.२३ पैसा, डिजेलमा ४५.९१ पैसा, मट्टितेलमा १९.४६ पैसा र खानापकाउनेमा २९७.९७ पैसा कर लिन्छ । हामीले हामीले घटाउन सक्ने अवस्था त छनी,’ उनले भने, ‘छिमेकी मुलुकले मूल्य वृद्धि गर्यो भन्दैमा हामीले मूल्य बढाइहाल्नु पर्ने स्थिति त होइन नी । हामीले कर समायोजन पनि गर्न सक्छौँ।’
आफूहरु पनि व्यवहारिक कुरा बुझ्ने भन्दै सांसद भट्टराईले जरुरी सार्वजनिक महत्वको प्रस्ताव गरेको बताए ।
नेपाल आयल निगमले पेट्रोलिम पदार्थको आयतमा प्राप्त एकाधिकारलाई तोड्ने आकर्षक नारा बनाएको भन्दै सरकारको आलोचना गरे ।
भट्टराईले आयल निगमको कामको जिम्मा नीजि क्षेत्रलाई दिने आधार केहो भन्दै प्रश्न गरे । उनले निर्देशिकाका आधारमा मात्रै आयल निगमको जिम्मा नीजि क्षेत्रलाई दिन नसकिने बताए ।










