काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। प्रतिनिधिसभाको दोस्रो अधिवेशनअन्तर्गतको बैठकमा विभिन्न विषयमाथि छलफल तथा प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।

उक्त सम्झौताले राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिर रहेका समुद्री क्षेत्रका जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसँग सम्बन्धित विषयलाई समेट्नेछ। प्रतिनिधिसभामा प्रस्ताव प्रस्तुत भएपछि सम्झौताका विभिन्न पक्षबारे सांसदहरूले छलफल गर्नेछन्।
प्रतिनिधिसभाको आजको बैठकलाई संसद् सचिवालयले बैठक संख्या ५६ का रूपमा निर्धारण गरेको छ। बैठकको दैनिक कार्यसूचीमा रहेको प्रस्तावमाथि छलफलपछि आवश्यक संसदीय प्रक्रिया अघि बढाइनेछ।










