काठमाडौं । काठमाडौंमहानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह ‘बालेन’ र उपमेयर सुनिता डंगोल सिसडोलमा पुगेका छन् । मेयर बालेन र उपमेयर सनिता आज बिहानै सिसडोल गएका हुन् ।
लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि मेयर साह र उपमेयर डंगोल सिसडोल पुगेका हुन् ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेका मेयर साहले बिहीबार साँझ मात्र सहरी विकास मन्त्री रामकुमारी झाक्रीसँग परामर्श गरेका थिए ।
मन्त्री झाक्री तथा मेयर साह र उपमेयर डंगोलले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा मन्त्रालयर काठमाडौं महानगरपालिकाबीच सहकार्य गरेर समस्याको समाधान गर्ने विषयमा छलफल गरेका थिए ।
फोहोर व्यवस्थापन गर्ने आइडिया
सिसडोल पुगेका काठमाडौंका मेयर बालेनले फोहोर व्यवस्थापनका लागि आफ्ना आइडिया सेयर गरेका छन् । उनले सुरुमा गन्ध हटाउनका लागि केमिकल ल्याउने बताएका हुन् ।
फोहोरबाट इन्धन निकाल्नका लागि करिब ३(४ महिना लाग्ने र कुहिने फोहोरबाट मल बनाउने गरी योजना उनको छ । कुहिने र नकुहिने फोहोर छुट्याउनका लागि काठमाडौंका स्थानीयमा जनचेतना फैलाउने काम तत्कालै सुरु गरिने उनको भनाईछ ।
मेयर बालेनले स्थानयलाई तीन महिनाभित्र सडक बनाइसक्ने प्रतिबद्धता पनि व्यक्त गरे । जसका लागि लिखित सम्झौता गर्न पनि आफू तयार रहेको उनले बताए ।










