उमेश भुजेल्,दिक्तेल / खोटाङका कोरोना संक्रमितहरु महंगो शुल्क तिरेर हेलिकोप्टर चार्टर गरेर अस्पताल जान बाध्य छन । जिल्लाको उपचार सम्भव नभए पछि थप उपचारको लागि खोटाङ कोरोना संक्रमितहरुले महंगो शुल्क तिर्न बाध्य छन् ।सोमबार मात्रै एक कोरोना संक्रमितलाई महंगो शुल्क तिरेर उपचारका लागि हेलिकोप्टर मार्फत काठमाण्डौं लगिएको छ । कोरोना संक्रमणबाट थलिएका दिक्तेल रुपाकोट मझुवागढी १ लिक्तेलका ६४ वर्षीय द्रोण कुमार बजीमयलाई सोमबार मात्रै थप उपचारका लागि सिम्रीक इयरको हेलिकोप्टरमार्फत काठमाण्डौं लगिएको हो ।

यस भन्दा अगाडी खोटाङको ऐसेलुखर्कका गाउँपालिकाका एक व्याक्तिलाई जेष्टको ५ गते ३ लाख २० हजारमा हेलिकप्टर चार्टर गरेर संक्रमित काठमाडौं लिगएको थियो । जिल्लमा उपचार सम्भावना भएपछी केही समय बाच्छुकी भनेर थप उपचारको लागि संक्रमित जिल्ल बाहीर महंगो शुल्क तिरेर जान बाध्य छन । कोरोना संक्रमण पुष्टि भएका बजीमयलाई विगत तिन देखी जिल्ला अस्पताल दिक्तेलमा उपचारका लागि राखिएको थियो ।अस्पताल अब यहाँ उपचार सम्भव नहुने भनेपछि अत्तालिएका परिवारजनले ३ लाख ५० हजार तिरेर काठामाण्डौं लगिएको छ । बजिमयलाई कोरोनासँगै प्रेसरको समेत समस्या देखिएकाले थप उपचारका लागि काठमाण्डौ स्थीत नोवेल अस्पताल लगिएको जिल्ला अस्पताल दित्तेलका मेडीकल अधिकृत वैभव मल्ललीककले बताए । अन्य विकल्प नभएपछि तिन लाख ५० हजार रुपैंया तिरेर हेलिकोप्टर चार्टर गरेर बिरामीलाई अस्पताल पुर्याईएको परिवारीको श्रोतले जनाएको छ ।
जिल्लामा हालसम्म दिक्तेलरुपाकोट मझुवागढी, हलेसी तुवाचुङ नगरपालिका, एशेलुखक, दिप्रङचुइचुम्मा र साकेला गाउँपालिकाको कोभिड अस्पताल र जिल्ल अस्पताल दिक्तेलमा कोरोनाका बिरामीलाई उपचार गर्ने सामान्य व्यवस्था भएपनि अन्य स्थानीय तहमा कोभिड अस्पतालहरु तयारी अवस्थामा छैनन् । जिल्लामा कोरोना संक्रमित राखेर उपचार गर्ने पर्याप्त अक्सिजन र आईसोलेसन सहितको अस्पताल नहुँदा संक्रमितहरु घरैमा बस्न बाध्य छन् ।
जटिल अवस्थाका संक्रमितलाई मात्रै स्थानीय तहले बनाएको अस्थायी कोभिड अस्पताल र जिल्ला अस्पतालमा राख्न सकिने जिल्ला स्वास्थ्य प्रमुख तथा कोभिड फोकल पसंन आनन्द लामी छानेले बताए । जिल्लामा कोरोना संक्रमितलाई राखेर उपचार गर्ने अस्पताल मात्रै होईन बिरामी बोक्ने एम्बुलेन्सको पनि अभाव छ । जिल्लाभर जम्मा ८ वटा मात्र एम्बुलेन्स चालु अवस्थामा रहेका छन् । भने कत्ति स्थानीय तहले स्थानी तहका प्रमुख उपप्रमुखहरुले प्रयो गर्दै आएका गाडीहरु कोभिड भरी एम्बुलेन्सको रुपमा प्रयोग रिएको छ, कत्ति स्थानीय तहले कोरोना महामारी भरि महंगो भाडा तिरेर स्थानीयका प्राइवेड गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्दै आएका छन् ।










