चिरञ्जिवि रिजाल -जेठ ७,खोटाङ। सांसद विशाल भट्टराईको पहलमा खोटाङमा अब अक्सिजन प्लान्ट स्थापना हुने पक्का भएको छ । जिल्लाका संघिय सांसद तथा नेकपाका संसदिय दलका मुख्य सचेतक विशाल भट्टराईको पहलमा ७५ लाख रुपैँया अर्थमन्त्रालयबाट प्राप्त हुने भएपछि अक्सिजन प्लान्ट निर्माण हुने पक्का भएको हो ।
सामाजिक सञ्जाल फेसबुक मार्फत लेख्दै सांसद भट्टराईले भने कोभिड–१९ ले आक्रान्त बिरामीहरुलाइ अति आवश्यक हुने अक्सिजनको भयङ्कर अभाव भएको यो अवस्थामा अक्सिजन प्लान्ट स्थापनाले एकहदसम्म सहजता हुने भएको छ ।
अक्सिजन प्लान्ट स्थापना तथा खरिद गर्न एचडियु जडान गर्न जिल्ला अस्पताल खोटाङलाइ आज अर्थमन्त्रालयले पचहत्तर लाख उपलब्ध गराएको हो । आजै अर्थमन्त्रालयले खोटाङ जिल्ला अस्पताल सँगै अन्य १२ वटा अस्पताललाई १७ करोड ८७ लाख ७० हजार रकम विनियोजन गरेको थियो ।












