काठमाडौं । नयाँ भेरियन्ट सहितको कोरोना भाइरस कोभिड १९ को दोस्रो चरणको महामारीले अझै कडा रुप लिदै गएकोले सो को न्युनिकरण गर्न सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको जनाएको छ ।

श्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरुको आइसोलेसनमा उपचार गरे बापत प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आईसीयू तथा भेन्टिलेटरमा उपचारका गर्ने अस्पताललाई १५ हजारका दरले सोधभर्ना बापत निजी अस्पतालहरुलाई दिने भएको छ ।
मन्त्रालयसँग सम्झौता गरेका ३० अस्पतालहरुले संक्रमितको उपचारको खर्च विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाए पछि सरकारले सोध भर्ना गरिदिने गरी सम्झौता भएको मन्त्रालयले जनाएको छ ।











