जेठ ४, भक्तपुर। भक्तपुरकाे चागुनारायण नगरपालिकाकाे आर्थिक सहयाेगमा संचालित ” चाँगु नारायण हस्पिटल” ले २०५५ साल देखि चाँगुनारायण स्वास्थ्य चाैकिकाे नाम बाट सामान्य सेवा सुरु गरेपनि गत मंसिर २९ गत्ते सहरिबिकास मन्त्रि कृष्णगाेल श्रेष्ठ द्वारा उद्घाटन भई ” चाँगुनारायण हस्पिटल ” ले हस्पिटलकाे पुर्णतापाएकाे हाे। नगरपालिकाकाे आर्थिक सहयाेग बाट हस्पिटल भवन बनाएपनि अन्य स्वास्थ्य संबन्धि सामग्रिहरु उपलभ्द नहुदा हस्पिटलले स्थानिय नागरिक हरुलाई चाहे जति सेवा दिन नसक्दा भक्तपुर हस्पिटल,डा: इवामुरा हस्पिटल तथा काठमाण्डाै सम्म पुग्नाेपर्ने बाध्याता छ।


विश्वआतंकित गराउने याे काेरनाकाे माहामारिमा त झनै स्थानियहरुलाई सास्तिनै हुने आशंकाले नगर प्रमुख साेम मिश्र,उक्त हस्पिटल अवस्थित वडाका वडा सदस्य दिनेश खनाल तथा भाैतिक याेजना संयाेजक साथै ३ नम्मर वडाका अध्यक्ष श्याम शुन्दर धिमाल काे पहल मा उक्त हस्पिटललाई कमेभिड हस्पिटल बनाउने निर्णय सगै २५ बेडकाे हस्पिटल भएपनि हाल १० बेट बाट सेवा सुरु गरियाे। आर्थिक अभाबकै बावजुदपनि नगर बासिलाई सेवादिने मनसायले सुरु हस्पिटलमा केही दिन अघि सूचना चाैतारि टिम ले एउटा समाचार सम्प्रेसण गरे पश्चात् नगरवासि दाताहरुकाे मन पग्लिएकाे छ र केही सहयाेग जुट्न थालेकाे छ।
प्रकाश लामिछाने मार्फत अस्ट्रेलिया बस्ने सञ्जय श्रेष्ठ बाट : ५०,०००/ स्थानिय बिबेक श्रेष्ठ बाट : ३०,०००/ RKR Construction काे तर्फबाट राजकुमार बाँस्ताेला बाट : ५०,०००/ गरि १,३०,०००/ (एक लाख तीस हजार) चेक तथा नगद सहयाेग जम्मा भयको थियो। यूक्त सहयोग लिदै नगरप्रमुख साेम मिश्र ले दातामहानुभाब हरुलाई धन्नेवाद दिदै अन्य सहयोग गर्न चाहनोहुने इछुक सहयोगइहरु सँगसहयोग गर्न आग्रह समेत गर्नोभयोछ। भने स्थानिय ब्याबसायी श्रीभक्त कासिछ्वा ले को भिड संक्रमणभई यस हस्पिटलमा उपचार गराईरहने बिरामि तथा बिरामिका कुरुवालाई समेत खाना खाजाकाे सम्पुर्ण ब्यबस्था गर्ने जिम्मालिई हिजाेबाटै उक्त सहयाेग सुरु गरिसक्नाे भएकाे छ।

हस्पिटलमा आबस्यक स्वास्थ्य उपकरणहरु खरिदकाे लागि जनप्रतिनिधिहरु काे हारगुहार तथा सहयाेगि मनहरुकाे सहयाेगबाट संकलित रकम तथा नगरपालिकाकाे तर्फबाट स्वास्थ्य बिभाग बाट पनि आर्थिक सहयाेगकाे लागि पत्रपेस गरिसकियकाे र उक्त रकम बाट हस्पिटल लाई आबस्यक एक्स्रे मेसिन लगायत काे सामग्रिहरु खरिद गरि नागरिकलाई सेवादिने बताउनाेहुन्छ नगर प्रमुख साेम मिश्र।
विभिन्न तह गरि २२ कर्मचारि तथा एउटा एम्बुलेन्स रहेको उक्त हस्पिटलकाे निर्माण कार्य सम्पन्न अझै नसकिएकाे र चाँडनै सम्पन्न गरि नगरकै स्तरिय हस्पिटलकाे रुपमा स्थापित गराउने लक्षरहेकाे बताउछन् हस्पिटल ब्यबस्थापन समितिका उपाध्यक्ष साधुराम दाहाल। हाल हस्पिटलमा काेभिड संक्रमित ८जनाले सेवा लिईरहेकाे र विभिन्न हस्पिटलहरुमा अक्सिजनकाे समस्या देखिएपनि यस हस्पिटलमा त्यस्ताे नरहेकाे, हामी जनप्रतिनिधिहरु आफै खटेर जाेहाे गरिरहेकाे बताउछन् ४ नम्मर वडा सदस्य दिनेश खनाल।
यस हस्पिटलसम्म पुग्ने बाटाेकाे उचित ब्यबस्थापन हुन नसक्दा बिरामिलाई हस्पिटलकाे ढाेकामै गाडिमार्फत ओराल्न सकिएकाे छैन र यसलाई पनि हामी छिट्टैनै ब्यबस्थित गरि सेवाग्राहीलाई सहजता दिनेछाै भन्नाेहुन्छ भाैतिक पूर्वाधार संयाेजक श्याम शुन्दर धिमाल, सहयाेगि दाता तथा संस्थालाई धन्यबाद दिँदै अझै सहयाेगि तथा दानविर हरुलाई सहयाेगकाे आग्रह गर्दछाैँ धिमाल थप्नाेहुन्छ।










