नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापाले घरमै आइसोलेसनमा रहेका कोरोना संक्रमितहरूलाई अस्पताल आउजाउ गर्नुपरे यातायात सेवा दिने बताएका छन्।
यो सेवा काठमाडौं क्षेत्र नम्बर ४ का बासिन्दालाई लक्षित गरेर सुरू गरिएको हो। ‘कोरोना संक्रमितका लागि एम्बुलेन्स र यो बेला यातायात सेवा पाउन गाह्रो छ, त्यसैले हामीले केही सहयोगीहरूको सहयोगमा सवारी साधनको व्यवस्थापन गरेर सेवा सुरू गरिएको छ,’ थापाले भनेका छन्। थापाका अनुसार आइसोलेसनमा रहेकाहरू अस्पताल आउजाउ गर्न, परीक्षणमा जान वा आइसोलेसन सेन्टर जान यातायात आवश्यक परे सहयोग गर्न सकिन्छ।

काठमाडौं महानगरतर्फ ९८५१०९६३०३ र बुढानिलकण्ठ नगरपालिकातर्फ९८५१०६५२५६ र९८५१०७२१२९ मोबाइल नम्बरमा सम्पर्क गर्न थापाले अनुरोध गरेका छन्। साथै हटलाइन नम्बर ९८६०३४०५८७ मा एसएमएस पनि गर्न सकिनेछ।










