Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सत्य समाचार सम्प्रेषण गर्न मेयर दाहालकाे अनाेराेध,अन्यथा कार्वाहिकाे प्रकृयामा जाने चेतावनि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 18, 2021

महानगर र आफु लाइ मुछेर गरिएको समाचार प्रती भरतपुर महानगर मेयर रेनु दाहालले आपत्ति जनाएकी छिन्।

केही अनलाइन समाचार माध्यमहरुले चितवनको भरतपुर महानगरपालिकाले कोरोनाका संक्रमितहरुको शब व्यवस्थापन अत्याधिक रकम असुलेको भन्ने समाचार संप्रेसण गरेका थिए ।
मेयर दाहालले सामाजिक संजाल मार्फत अनावश्यक र हावादारी समाचार प्रकाशन र प्रसारण नगर्न अनुरोध सहित चेतावनी समेत दिएकी हुन्।
यस्ता अनावश्यक र भ्रामक समाचारमा सुधार नभए आफु कानुनी उपचार जाने समेत उनले उनले बताएकी छिन्।

उनले कोरोनाबाट मृत्यु भएकाहरुको शब व्यवस्थापन गर्ने काम महानगरको नभई केन्द्रिय सरकारको दायित्व भएको र सोही अनुसार हुँदै आएको बताएकी छिन्। बरु त्यसको सहजिकरणको लागि महानगरले निशुल्क रुपमा चालक सहितको जेसिबी उपलब्ध गराएको उनले बताईन्।साथै अहिले भरतपुर महानगरले संक्रमितलाइ अस्पताल र घर सम्म पुर्‍याउन ४ वटा एम्बुलेन्स निशुल्क उपलब्ध गराएको उनको भनाइ छ ।

उनले भनेकी छिन् ,’ कोरोना संक्रमितको लागि अक्सिजन सहितको ३० बेड समेतको सेक्सन तयार पारिएको छ । साथै महानरले विभिन्न चार स्थानकाबाट एन्टिजेन परिक्षण समेत निशुल्क रुपमा गर्दै गराउदै आएको छ ।’
लेखेकी छिन् , समाजमा जसको काम हुदैन र समाजप्रति उत्तरदायी हुँदैन त्यसैले मात्र यस्ता भ्रामक र अनर्गल समाचार प्रसारण गर्छ। यस्ता समाचारले हामीलाइ थप काम गर्ने हौसला प्रेरित गर्छ।’

कोरोना मात्र हैन हरेक महामरी र समस्या प्रति महानगर जनताहरु माझ सधै संगै रहने र रहदै आएको समेत दाहालले बताएकी छिन्।

केही अनलाईनहरुमा प्रचण्डकी छोरिको महानगरमा लाशमा पनि लुट भन्दै समाचार आएको थियो।

रेणु लाहाल काे स्टाटस मा भनेकिछिन् कोरोनाको यस्तो भयाबह अबस्थामा पनि झुटको राजनिती र भ्रमको खेति गर्दै घटिया राजनिती कहिले सम्म गर्छौं तिमीहरू

घोर आपत्ति र खेद छ उक्त अनलाईन को समाचार प्रति।
पहिलो कुरा भरतपुर महानगरले बिगत देखि हाल सम्म कोरोना कहरमा जनउत्तरदायी भई आफ्नो बलबुताले भ्याए सम्म ईमान्दारितापुर्ण उपाए र कोसिस गर्दै आएको प्रस्ट छ।
आज एक अनलाईनले
कोरोना बाट मृत्यु भएकाको शब जलाएर भरतपुर महानगरले २८ हजार असुलेको भन्ने समाचार पुर्ण रूपले कपोकल्पित र झुटो रहेको साथै महानगर ले कुनै पनि लास ब्यबस्थापन गरेर पैसा नलिएको र शब जलाउने कार्य महानगरको नरहेको र नभएको प्रष्ट पार्न चाहन्छु। र यस्ता खाले भ्रमपुर्ण समाचार संप्रेषण गर्ने लाई आबश्यक कार्बाहीको माग गर्दछु।
१, कोरोना बाट मृत्यु भएकाहरूको लाशको ब्यबस्थापन गरिने दायित्व केन्द्र सरकारले सेना प्रहरी प्रशासन लाई तोकेको छ। आज सम्म ब्यवस्थापन त्यसरीनै हुदै आएको छ।फेरी पनि हामीले स्थानिय सरकारको तर्फ बाट बिगत देखिनै सम्पुर्ण शब ब्यबस्थापनका लागी महानगरको जेसिबी र चालकको ब्यबस्था गर्दै आएको छौं।
२,हाल महानगरले संक्रमित बिरामीका लागी उपचारमा सहज होस भनेर ४ वटा एम्बुलेन्स निशुल्क ब्यबस्था गरिएको छ।
३, थप फेरि शब बहानको पनि निशुल्क ब्यबस्था महानगरले गर्ने गरि छिट्टै तयारी गर्दैछौं।
४ ,अक्सिजन सहितको आईसोलेसनको महानगर अन्तर्गत ३० बेडको तयार गरिएको छ। एन्टिजेन परिक्षण ४ ठाउ बाट अगाडी बढेको छ।
त्यसैले हामी हाम्रो महानगर बासी जनसमुदाय प्रति र भरतपुरमा उपचार गर्न आउने सबैका लागी पनि हिजो पनि आबश्यक सयोग र सेवा गर्दै आएका थिएऔं र अब पनि गर्नेछौं।
त्यसैले जसले समाजमा आफ्नो कर्तब्य एक ईन्च पुरा गर्दैन उसले अरूको बिरोधमै समय खर्चिने गर्छ। यस्तो अबस्थामा सत्य तथ्य समाचार संप्रेषण गरि जनसमुदाय लाई सुसुचित गर्नु पर्ने ठांउमा उल्टो झुटो समाचार प्रेषित गरी भ्रम छर्ने बिरोध मात्रै गरि बस्ने मनुवा लाई जति भने पनि कम नै हुन्छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved