खोटाङ । पालिका तथा नगरपालिकका कर्मचारीलाई कोभिड–१९ को संक्रमण पूष्टि भएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका र रावाबेँसी गाउँपालिकाको नियमित सेवा स्थगित गरिएको छ । कर्मचारीलाई कोरोना संक्रमण पूष्टि भएपछि हलेसी तुवाचुङ नगरपालिकाको मंगलबारदेखि १५ माघसम्म र रावाबेँसी गाउँपालिकाको १७ माघसम्म अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको हो ।
नगरपालिकामा कार्यरत तीन कर्मचारीलाई संक्रमण पूष्टि भएपछि ६ दिनका लागि अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । ११ वडा रहेको उक्नत गरपालिकामा तीन स्वास्थ्यकर्मी र तीन कर्मचारी सहित सक्रिया संक्रमितको संख्या १० पुगेको छ ।

यस्तै ,गाउँपालिकामा कार्यरत कर्मचारीमा संक्रमण देखिएपछि रावाबेँसी गाउँपालिकाले पनि पालिकाको आन्तरिक प्रकृतिको सेवा र अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनोद राईले जारी गरेको सूचनामा उल्लेख छ ।
हलेसी तुवाचुङ नगरपालिका र रावाबेँसी गाउँपालिकाले जारी गरेको सुचना ।











