उमेस भुजेल, ओखलढुंगा ।ओखलढुंगामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार जिल्लाका १०१ जनाको पिसिआर परिक्षणका लागि काठमाडौंको टेकु अस्पताल पठाइएकोमा ३० जनाको रिपोर्ट पोजेटिभ आएकोको हो ।
यो संगै जिल्लामा कोरोना सक्रमितकाे संख्या ७६ पुगेको छ । थपिएका ३० जना कोरोना संक्रमित मध्ये मोलुङ गाउँपालिकाका १३ जना, चिसंखुगढी गाउँपालिकाका १२ जना र सिद्धिचरण नगरपालिकाका ५ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका प्रमुख सुमन तिवारीले जानकारी दिए । उनका अनुसार थपिएका कोरोना संक्रमित २० वर्ष देखी ७५ वर्षसम्मका छन् ।











