काठमाडौ । नेपाल पत्रकार महासंघले पत्रकारसहित सबै ‘फ्रण्टलाइनर’ को निःशुल्क उपचारको प्रबन्ध गर्न तथा बीमा र इन्टरनेट सुविधाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
अध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमण बढ्दै गरेको अवस्थामा नागरिकको स्वास्थ्यलाई गम्भीरतापूर्वक लिँदै आफ्ना संरचनामार्फत नागरिकको जीवन बचाउनका लागि प्रभावकारी ढंगले प्रस्तुत हुन सरकारलाई आग्रहसमेत गरेको छ।

महासंघको दोस्रो केन्द्रीय समितिको आज भर्चुअल माध्यमबाट बसेको बैठकले पत्रकारलाई कोरोनाविरुद्धको लडाइका ‘फ्रण्टलाइनर’ घोषित गरी उनीहरुको स्वास्थ्य र सुरक्षाका लागि उचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

बैठक पछि महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘कोरोनाको बहानामा कोही पनि संचारकर्मीलाई कामबाट निष्कासन नगर्न, सुबिधामा कटौति नगर्न, पत्रकारले पाउनुपर्ने बक्यौता रकम अविलम्ब उपलब्ध गराउन, सञ्चार प्रतिष्ठानमा देखिएका श्रम समस्याहरु तत्काल समाधान गर्न सञ्चार प्रतिष्ठान र सरकारको ध्यानाकर्षण गराउने तथा स्वास्थ्य सजगताका लागि आवश्यक प्रबन्ध मिलाउन संचारसंस्थालाई आग्रह गर्ने।’