बैशाख २७ , काठमाण्डाै।काठमाण्डाै उपत्यकामा लगाइएकाे निषेधाज्ञा आउँदो जेठ १३ गतेसम्मका लागि थप भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत ले बातए । निषेधाज्ञाको अवधिमा पार्टी प्यालेस तथा होटलमा विवाह, व्रतबन्धलगायतका भोज गर्न पूर्ण रोक लगाउँदै घरमै गर्ने भएमा बढीमा १० जनामात्र सहभागी हुन पाउने व्यवस्था भएको छ ।

उपत्यका का तीन जिल्ला प्रमुख सहभागी बैठकले खाद्यान्न तथा तरकारीका पसल भने बिहान १० बजेसम्म खोल्न दिने तर फुटपाथमा तरकारी लगायतका कुनै पनि व्यापार गर्न नदिने व्यवस्था गरिएको बस्नेतले बातए ।यस्तै सबै निर्माण कार्य पनि रोकिने भएका छन् । राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजनाबाहेक का सबै निर्माण कार्य रोक्ने निर्णय भएको बस्नेतले बातए ।
यसअघि वैशाख १६ गतेदेखि सुरु भएको एक हप्ते निषेधाज्ञा २२ गतेदेखि फेरि एक हप्ता थपिएको थियो । निषेधाज्ञाका कारण सङ्क्रमण फैलिएर भयावह अवस्था आउनबाट रोकेको तर अहिले पनि जोखिम कायमै रहेकाले तेस्रो पटक निषेधाज्ञा थप्ने निर्णय भएको बस्नेतले बातए ।










