कोभिड नेपाल: ‘विद्यालय सञ्चालन गर्दा अनुगमनमा जोड’

लामो समयपछि बिस्तारै विद्यालयहरूले भौतिक रुपमा पठनपाठन सुरु गर्न थालेका बेला विज्ञहरूले स्वास्थ्यका मापदण्ड पालना भए नभएको अनुगमनमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। अनलाइन तथा अन्य वैकल्पिक माध्यमबाट विद्यालयको पठनपाठन भएपनि बिस्तारै राजधानीमै विद्यालयहरू भौतिक रुपमा खुल्न थालेका छन्। सोमवार काठमाण्डूको गोकर्णेश्वर नगरपालिकाको शिक्षा समितिले मंगलवारदेखि सरकारी तथा सामुदायिक विद्यालय खोल्नसक्ने भनेर निर्णय गर्यो। स्वास्थ्य […]

कोभिड अवस्थामा नेपाल: विद्यालय जान नपाउँदा बालबालिकामा कस्तो शैक्षिक र मनोसामाजिक असर परिरहेको छ?

रोधा लामाकी चार वर्षीया छोरीलाई ‘क’ देखि ‘च’ सम्म लेख्न आउँछ। तर उनलाई नेपाली राम्रोसँग बोल्न भने नआउने आमाको गुनासो छ। अङ्ग्रेजीमा संवाद गर्ने उनी कसैले नेपालीमा प्रश्न सोधे साङ्केतिक जवाफ दिन्छिन्। यसै वर्ष प्लेग्रुपबाट नर्सरीमा उक्लिएकी छोरीले नेपाली अक्षर नचिन्ने चिन्ताले लामालाई गाँजेको छ। “घरमा एक्लै अङ्ग्रेजी कार्टुन हेरेर बस्न रमाउँछे। विद्यालय पठाउन पाएको […]

दुई पटक सरिएका कक्षा १२ को परीक्षा दशैं अगावै

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा दशैँ अगावै हुन सक्ने जनाएको छ । कक्षा १२ को परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउने वातावरण बनेपछि अब दशैँ अगावै परीक्षा हुन सक्ने अवस्था सिर्जना भएको जानकारी बोर्डका अधिकारीहरूले दिएका छन् । ११ र १२ हेर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कोभिड–१९ […]

त्रिवि केन्द्रीय क्याम्पस अनुसन्धान तथा शैक्षिक सञ्जालमा आवद्ध

काठमाडौँ, २८ साउन: त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुर विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालका साथै इडियुरोमको विश्वव्यापी सञ्जालमा जोडिएको छ । विश्वव्यापी अनुन्सधान तथा शैक्षिक सञ्जालमा आवद्घताले केन्द्रीय क्याम्पसका विभिन्न सङ्कायले सञ्चालन गर्दै आएको अनुसन्धानका क्रियाकलापलाई थप सुदृढ गर्न सकिने बताइएको छ । विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा सन् २०१० देखि अनुसन्धान तथा शैक्षिक सञ्जाल ट्रान्स […]

हुम्लाको ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका बिद्यालय खुल्यो

काठमाण्डौं । बिश्वब्यापी रुपमा फैलएको कोरोना भाइरसको महामारीका कारण देशैभरका विद्यालयहरु खुल्न नसकेको अबस्थामा हुम्लाको ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका बिद्यालय खुल्न थालेका छन् । गाउँपालिका क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको, कोरोनाको जोखिम नभएकाले भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेको अदानचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टक्कदत्त प्याकुरेलको भनाई रहेको छ। लामो समयदेखि विद्यालय बन्द […]

कक्षा १२ को परीक्षा स्थगित भएको छैन : बोर्ड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगितको निर्णय भै नसेको जनाएको छ। सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण बढ्दै जाँदा आगामी परीक्षाबारे शिक्षा मन्त्रालयसँग परामर्श गरेर निर्णय लिने बताएपछि विद्यार्थी अन्यौलमा परेका छन। बोर्डले हालसम्म कुनै निर्णय नभएको भन्दै भ्रममा नपर्न विद्यार्थीहरुलाई आग्रह गरेको छ। विद्यार्थी अन्योलमा नपर्न र परीक्षाको तयारीमा जुट्न बोर्डले जनाएको […]

३० बिध्यार्थिलाई कक्षा ११मा विज्ञान संकायमा छात्रवृत्ति दिँदै मनास्लु वर्ल्ड कलेज

काठमाडौं । काठमाडौंको मुटु चावहिलको चुच्चेपाटीमा अवस्थित मनास्लु वर्ल्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ । कलेजका प्रिन्सिपल राजन श्रेष्ठले सामुदायिक विद्यालयका १५ र संस्थागत विद्यालयका १५ गरी ३० जना योग्य र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने स्पष्ट पारेका छन् । गत वर्षबाट सञ्चालित यो कलेजमा […]

कक्षा १२ को परीक्षा होम सेन्टरबाट हुने

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा होम सेन्टरबाट गर्ने तयारी गरेको छ । बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको छलफलमा सहभागी बोर्डका सदस्यसचिव दुर्गा अर्यालले विद्यालय तहको अन्तिम परीक्षा भएकाले विज्ञ र विद्यार्थीको सुझाब पनि भौतिक उपस्थितिमा नै परीक्षा लिनुपर्ने भएकाले सोही अनुसार परीक्षाको तयारी भइरहेको बताए । कक्षा ११ […]

साउन अन्तिमबाट कक्षा १२ को परीक्षा हुने

काठमाडौं । कोरोना “कोभिड–१९ ” भाइरस सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झैँ एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यार्थीको भौतिक […]

देउवा नेतृत्वको सरकारसमक्ष डा केसीले राखे ५ बुँदे माग

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले शेरबहादुर देउवा नेतृत्वको (नयाँ सरकार) समक्ष ५ बुँदे माग राखेका छन्। प्रधानमन्त्री देउवाले विश्वासको मत लिएको दोस्रो दिन सोमबार डा केसीले चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित ५ बुँदे माग अगाडि सारेका हुन्। डा केसीले सोमबार पत्रकार सम्मेलन गरी स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा रहेका समस्या समाधानका लागि ५ […]