मिसन पुस्तकालय अभियानमा जेभियर इन्टरनेशनल कलेज

एलन अधिकारी । मिती २०७८ साल फाल्गुन महिनाको २३ गतेका दिन काठमाडौंको कालोपुल स्थित जेभियर इन्टरेशनल कलेजले धादिङ जिल्ला गजुरी गाउँपालिका स्थित आदर्श माध्यमिक विद्यालयमा मिसन पुस्तकालय कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ। एक पुस्तक एक ज्ञान, एक पुस्तकालय अनेक ज्ञान भन्ने धारणाका साथ ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्न आवश्यक पुस्तक उपलब्ध […]
रुखमा डाेरा बनाई पढेर चर्चामा आएका बिध्यार्थि धनकुमार मगरलाई “चर्चित बिध्यार्थि”काे उपाधि

खोटाङ। कोभिड–१९ को महामारीका बेला रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सहभागी बनेर चर्चा कमाएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगरलाई उनी अध्ययनरत विद्यालयले वर्ष चर्चित विद्यार्थीको उपाधि प्रदान गरेको छ । सरस्वती माबि अर्खौलेमा कक्षा १० मा अध्ययनरत छात्र मगरलाई कोभिड–१९ को महामारीका समयमा विद्याल बन्द हुँदा रुखमा टाँड बनाएर भर्चुअल कक्षामा […]
हलेसी तुवाचुङ नगरले बढायाे विद्यालय कर्मचारीको तलव

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रारम्भिक बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, सामुदायीक विद्यालयका कार्यालय सहयोगी र विद्यालय कर्मचारीको तलव बढाएको छ । चालु चौमासिकदेखि कार्यान्वयनमा आउनेगरी नगरपालिकाले प्रारम्भिक बाल विकास केन्द्रका ५४ जना सहयोगी कार्यकर्ता, सामुदायीक विद्यालयमा कार्यरत ८९ कार्यालय सहयोगी र १२ जना विद्यालय कर्मचारीको तलव बढाएको हो । प्रारम्भिक बाल विकास केन्द्रका सहयोगी […]
एसईई परीक्षाको प्रश्नपत्र शुक्रबारबाट छपाइ शुरू गर्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र शुक्रबारबाट छपाइ शुरू गर्ने भएको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको सुरक्षासम्बन्धी बैठकले करिब ५ लाख सेट अर्थात् करिब ५५ लाख थान प्रश्नपत्र छपाइ गर्ने गरी तयारी छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सेक्युरिटी प्रेसमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी […]
एसएलसी परिक्षाः छिटो प्रक्रिया पूरा गर्ने प्रदेशको नतिजापनि छिट्टै

काठमाडौं । यो वर्षको एसईई परीक्षाको उत्तर पुस्तिका परीक्षणदेखि सबै प्रक्रिया छिटो पूरा गर्ने प्रदेशले छिट्टै परीक्षाफल प्रकाशित गर्न पाउने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले पहिलोपटक राष्ट्रिय परीक्षाबोर्डको नियमावली–२०७६ संशोधन गरी यस्तो व्यवस्था गरेको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्री परिषद्मा पठाएको परीक्षा बोर्डको नियमावली स्वीकृत भई राजपत्रमा प्रकाशित भएको छ। सोही नियमावलीअनुसार यो […]
९ बैशाष देखि २० गत्तेसम्म एसईई सञ्चालन हुने

काठमाण्डौ। यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भएको छ। आज बसेको परीक्षा बोर्डको बैठकले यस्तो निर्णय गरेको बोर्ड अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। कोरोना महामारीले पठनपाठन प्रभावित भएको जनाउँदै बोर्डले नियमित समयभन्दा एक महिना ढिलो हुने गरी परीक्षा सञ्चालन गर्न लागेको हो। बैशाख ३० गते हुने स्थानीय तहको […]
एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिने तयारी थालेको छ। परिक्षा सञ्चालनका लागि प्रदेश सचिवको अध्यक्षता एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेको छ। बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बिहीबार उक्त प्रस्ताव शिक्षा मन्त्रालयमा लिएका हुन्। उनले […]
साढे १६ हजार स्थायी शिक्षक पदपूर्तिका लागि करिब २ लाख ३७ हजार जनाले आवेदन दिए

काठमडौं। साढे १६ हजार स्थायी शिक्षक पदपूर्तिका लागि करिब २ लाख ३७ हजार जनाले आवेदन दिएका छन् । शिक्षक सेवा आयोगका अनुसार आज शुक्रबार प्राथमिक विद्यालय तहको आवेदन दिने समय सकिँदै छ । यो सँगै आजबाट शिक्षक सेवा आयोगको सबै विज्ञापनको फाराम भर्ने म्याद सकिने आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताएका छन् । उनका अनुसार […]
काठमाडौंको गान्धी आदर्श नमुना माध्यमिक विद्यालयमा चरम बेथिति

काठमाडौं। तीन वर्षअघि वाग्मती प्रदेश सरकारले शैक्षिक गुणस्तरमा नमुना विद्यालय बनाउने घोषणा गरेको काठमाडौंको गान्धी आदर्श नमुना माध्यमिक विद्यालयमा चरम बेथिति देखिएको छ। यो विद्यालयमा देखिएको चरम बेथितिबारे केन्द्र र प्रदेश र स्थानीय सरकारसहित सरोकारवाला बेखबर देखिएका छन्। कागेश्वरी मनोहरा–९ मा रहेको यस विद्यालयमा कार्यरत शिक्षकले सोह्र महिनादेखि पारिश्रमिकको समस्या झेल्दै आएका छन्। नमुना विद्यालयको […]
विद्यार्थीलाई खोप लगाउनको लागि माघ १५ गतेदेखि २० गतेसम्म विद्यालय खुलाउने सरकारको निर्णय ( बिज्ञप्ति सहित )

काठमाडौं । सरकारले माघ १५ गतेदेखि २० गतेसम्म विद्यालय खोल्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरका विद्यालय छ दिन खुलाई त्यस समयमा सबै विद्यार्थीलाई खोप लगाउन भनेको हो । पछिल्लो समय भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सरकारले माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गरेको थियो ।मन्त्रालयका प्रवक्ता दीपक शर्माले एक विज्ञप्ति जारी […]
