बजेटभन्दा व्यापार घाटा बढी हुने निश्चित

काठमाडौं । स्वदेशमा उपभोग हुने वस्तुको उत्पादन वृद्धि नहुँदा व्यापार घाटा भयावह बन्दै गएको छ। व्यापार घाटा मुलुकको कुल बजेटको आकारभन्दा ठुलो हुने देखिएको छ। चालु आर्थिक वर्ष २०७८/७९ मा मुलुकको कुल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोड रूपैयाँको छ। ६ महिनामै व्यापार घाटा करिब ९ खर्ब रूपैयाँ पुगेको छ। यसरी हेर्दा एक वर्ष […]
कोरोना संक्रमणको कारण देशभर सरकारी सेवा अस्तव्यस्त

काठमाडौं । कोरोना संक्रमणको कारण देशभर सरकारी सेवा अस्तव्यस्त भएको छ। अधिकांश सरकारी कार्यालयहरूले अत्याबश्यकीय सेवाबाहेक सबै सेवा बन्द गरेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनालका अनुसार जिप्रका काठमाडौंमा कार्यरत ६७ जना कर्मचारीमध्ये करिब ५० जना कर्मचारीहरूमा कोरोना संक्रमण देखिएको छ। जसको कारण जिप्रका काठमाडौंबाट प्रदान गर्दै आएको नागरिकता, नागरिकताको […]
आकासियो महँगी

काठमाडौं। लामो स्वास लिँदै फूलमाया तामाङ भन्छिन्, ‘कसरी बालबच्चा पाल्ने? कसरी आफू बाँच्ने? सारै गाह्रो भयो ।’ अनामनगरमा कोठा भाडामा लिएर बसेकी फूलमायाले प्रत्येक महिना कोठा भाडाबापत ७ हजार रुपैयाँ तिनुपर्छ । फूलमाया अरूको घरमा भाडा माझ्ने र लुगा धोएर छोरा छोरी पाल्ने गर्छिन् । ‘महिनामा १०/१५ हजार रुपैयाँ कमाइ हुँदा पहिला त खान पुग्थ्यो […]
बन्दाबन्दी हुने आशङ्कामा लर्को

काठमाडौं। ओमिक्रोन भेरियन्टका कारण बन्दाबन्दी हुन सक्ने डरले वैदेशिक शिक्षाका लागि बाहिरिन चाहने नेपाली विद्यार्थीको सङ्ख्या केही दिनयता ह्वात्तै बढेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमतिपत्र व्यवस्थापन शाखामा अचेल दैनिक सात सयभन्दा बढी विद्यार्थीको लर्काे लाग्ने गरेको छ । जबकि ओमिक्रोन तीव्र रूपमा फैलिनुअघि दैनिक तीन सय विद्यार्थीले नो अब्जेक्सन लेटर […]
पाँच कम्पनीको आईपीओ निष्कासन हुँदै

काठमाडौं। सेयर बजार उकालो लागिरहेकै बेला पाँचवटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) निष्कासन हुने भएको छ ।नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको अन्तिम स्वीकृति प्रक्रिया अगाडि बढाएको छ । बोर्डले पाँचवटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिनेगरी अन्तिम प्रक्रिया टुंग्याएपछि साना लगानीकर्ता हौसिएका छन् । बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज निलम्बनमा परेपछि धितोपत्र बोर्डले आईपीओ निष्कासनका लागि कुनै पनि […]
ग्वार्कोमा ‘फ्लाइओभर’ एमरएस आशिष समानान्तर रेलिगर जेभीले निर्माण गर्ने

ललितपुर। ललितपुरको ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माणको जिम्मा एमरएस आशिष समानान्तर रेलिगर जेभीले पाएको छ । गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाका अनुसार अत्यधिक सवारी अवरुद्ध हुने काठमाडौँ उपत्यकाका चोकहरूमा फ्लाइओभर निर्माण गर्ने सरकारको नीति छ । सोहीअनुरूप ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माणका लागि कम्पनी छनोट भएको हो । उहाँका अनुसार फ्लाइओभर निर्माणका प्रस्ताव हाल्ने […]
एमाले भात्रीसंगठन युवा संघमा समानान्तर कमिटी गठन गर्ने तयारी

काठमाडौं। नवौँ महाधिवेशन गर्ने तयारीमा रहेको एमालेको जनवर्गीय संगठन युवा संघभित्र समानान्तर कमिटी गठन गर्ने तयारी भएको छ । पुस २८ र २९ गते पोखरा भएको सचिवालय बैठकबाट बनाइएको आयोजक कमिटीप्रति असन्तुष्ट रहेका युवा संघका उपाध्यक्ष लगायतका पदाधिकारीले समानान्तर कमिटी बनाउने तयारी गरेका हुन् । युवा संघका इन्चार्ज महेश बस्नेतले एकलौटी ढंगबाट आयोजक कमिटी बनाएका […]
प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनको अवस्था बिजोग

काठमाडौं। नयाँ युगको शुभारम्भ भन्दै तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन अवस्था बिजोग देखिएको छ । नेकपाको सरकार हटेर गठन बन्धन सरकार बनेपछि यो कार्यक्रम कार्यान्वयनमा अनिश्चिततासमेत थपिएको छ । चालू आर्थिक वर्ष २०७८/७९ शुरू भएको ६ महीना पूरा हुँदा राम्रोसँग कार्यक्रम कार्यान्वयनमै जान सकेको छैन । वित्तीय हस्तान्तरणमार्फत स्थानीय […]
प्रदेश २ को नाम बहुमतले पारित, आज मधेस प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाम। प्रदेशसभाबाट प्रदेश २ को नाम मधेश प्रदेश राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ । जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले नामका लागि पेश गरेको प्रस्ताव प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समर्थन गरेको थियो । नामका लागि भएको मतदानमा कुल ९९ जना प्रदेशसभा सदस्यहरुले मतदान गरेका थिए । जसमध्ये ८० जना […]
नेपालको शिक्षा सुधार गर्न साढे नौ खर्ब रुपैयाँ खर्च हुँदै

काठमाडौं ।सरकारले नेपालको शिक्षा सुधार गर्न ९ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको विद्यालय शिक्षा क्षेत्र योजना (ईएसपी) कार्यान्वयन गर्ने भएको छ । विद्यालय शिक्षामा सबैको समतामूलक पहुँच सुनिश्चित गरी गुणस्तर सुधार गर्न शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले तयार गरेको यो योजना आगामी साउन १ गतेबाट लागू हुनेछ । २०७९ सालसम्ममा नेपाललाई विकासशील राष्ट्रका रूपमा स्तरोन्नति […]
