पाँच दल एमसीसीको विषयमा सडकदेखि संसद्सम्म नै विभाजित

काठमाडौं अमेरिकी सहयोग परियोजना (एमसीसी) विषयलाई लिएर सत्ता गठबन्धनमा फेरि खटपट सुरु भएको छ । गठबन्धनमा रहेका पाँच दल एमसीसीको विषयमा सडकदेखि संसद्सम्म नै विभाजित देखिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्न रातारात एक भएका गठबन्धन आबद्ध दलहरू एमसीसीको विषयमा फेरि विभाजित बनेका हुन् । सरकारले बुधबारको बैठकमार्फत संसद्मा एमसीसीसम्बन्धी प्रस्ताव टेबुल […]

साउदी अरबमा २२४ नेपाली श्रमिकमले ज्यान गुमाए

काठमाडौं। साउदी अरबमा रोजगारीमा गएका नेपाली श्रमिकमध्ये पछिल्लो एक वर्षमा मात्र २२४ जनाले ज्यान गुमाएका छन् । सन् २०२१ मा २२४ नेपालीले दुर्घटनालगायत विविध कारणले ज्यान गुमाएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । ज्यान गुमाएकामध्ये १८९ जनाको शव स्वदेश ल्याइएको छ भने ३५ जनाको साउदीमै अन्तिम संस्कार गरिएको छ ।दूतावासका अनुसार मृतक नेपालीले मृत्यु हुनुअघि […]

डिजिटल करेन्सी निकाल्ने तयारीमा राष्ट्र बैंक

काठमाडौं । निजीक्षेत्रबाट आएको क्रिप्टो करेन्सी सम्बन्धमा विभिन्न टीकाटिप्पणी भइरहेका बेला नेपाल राष्ट्र बैंकले भने आफ्नै डिजिटल करेन्सी (विद्युतीय मुद्रा) निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । हाल राष्ट्र बैंकले सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) को सम्भाव्यता अध्ययन गरिरहेको छ, जुन अन्तिम चरणमा पुगिसकेको बताइएको छ । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत डिजिटल करेन्सीको […]

राजस्व कार्यालयमा सेटिङ मिलाउने तस्कर

इटहरी। तस्कर समूह र प्रहरीबीच पूर्वका सीमावर्ती क्षेत्रमा श्रृखलाबद्द रुपमा झडप तथा आक्रमणका घटना बेला बेलामा हुने गरेका छन् । तर, मंगलबार दिउँसो भने राजस्व अनुसन्धान एकाई कार्यालय इटहरीमा फरक घटना हुन पुगेको छ । सशस्त्र प्रहरीले नै तस्करी गर्ने समूहका व्यक्तिलाईं लिएर राजस्व अनुसन्धान कार्यालय प्रमुख तीर्थ खनालको कार्यकक्षमा पुगे । प्रमुख खनालको कार्यकक्षमा […]

क्यासिनोहरुले धमाधम तिर्न थाले रोयल्टीबापतको रकम

काठमाडौं । क्यासिनोहरुले लामो समयदेखि बक्यौता रहेको रोयल्टीबापतको रकम धमाधम तिर्न थालेका छन् । पर्यटन विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ मा मात्र डेढ दर्जन क्यासिनोले सरकारलाई रोयल्टी तथा नविकरण दस्तुर बुझाइसकेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७८/७९ मा मात्र क्यासिनोबाट सरकारले ७५ करोड […]

एमसिसी सदनमा टेबुल गर्न चाहे सभामुख अग्निप्रसाद सापकोटाले नरोक्ने

काठमाडौं । सरकारले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सदनमा टेबुल गर्न चाहे सभामुख अग्निप्रसाद सापकोटाले नरोक्ने भएका छन्। सरकारले प्रयास गरे पनि सभामुखले नचाहेका कारण एमसिसी प्रतिनिधिसभामा टेबुल हुन सकेको थिएन। यही विषयले ६ पटक प्रतिनिधिसभा बैठक स्थगित भइसकेको छ। सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकपछि भने बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबुल हुने अवस्था […]

नेपालमाथि इयूले कहिलेसम्म प्रतिबन्ध लगाउँने ??

काठमाडौं । नेपालको हवाई क्षेत्र असुरक्षित भएको र नागरिक उड्डयन क्षेत्रमा प्रशस्त विकृति रहेको भन्दै युरोपेली संघ (ईयू)ले नौ वर्षदेखि लगाउँदै आएको प्रतिबन्ध हटाउन सरकारी निकायले बेवास्ता गर्दै आएको छ । ईयूले नेपालको हवाई क्षेत्र असुरक्षित रहेको भन्दै सन् २०१३ देखि कालोसूचीमा राखेको थियो । कालोसूचीमा राखेसँगै त्यससँग सम्बद्ध २८ देशमा नेपालको हवाई उडान प्रतिबन्धित […]

प्रधानन्यायाधीश जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावको एमालेले प्रतिवाद गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ । आइतबार बसेको एमाले सचिवालय बैठकले सत्तारूढ गठबन्धनका दलले प्रधानन्यायाधीश जबरामाथि लगाएको महाअभियोगको प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले महाअभियोगको प्रस्तावलाई षड्यन्त्रपूर्ण ठहर गरेको छ । […]

एमसीसी अनुमोदनको समय सकिदै

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सँगको सम्झौता अनुमोदनका लागि दिइएको समय घर्किंदै गए पनि दलहरू आआफ्नो अडानबाट ‘टसमस’ भएका छैनन् । एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउन प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफैले दिएको समयसीमा सकिन अब १४ दिनमात्रै बाँकी छ । तर, एमसीसी सम्झौता संसद्मा छलफलका लागि […]

३ अर्बको ठेक्का क्षमता भएका निर्माण व्यवसायी दर्जन मात्रै !

काठमाडौं। सरकारले ठेक्का लिने क्षमतालाई बढाएर ३ अर्बसम्म पुर्‍याउँदै गर्दा यो रकमको ठेक्का लिने क्षमता भने नेपालमा सीमित निर्माण व्यवसायीहरूसँग मात्रै रहेको देखिन्छ । नेपाल निर्माण व्यवसायी महासंघमा अहिले करीब १७ हजारभन्दा बढी निर्माण व्यवसायीहरू आधिकारिक रूपमा दर्ता भएर सञ्चालनमा छन् । यीमध्ये १ दर्जन निर्माण व्यवसायीहरू मात्रै ३ अर्बसम्मको ठेक्का लिन सक्ने क्षमताका छन् […]