प्रधानमन्त्री ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोलीलाई दिए बधाई

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।  काठमाडौंमा जारी एसीसी प्रिमियम कपको फाइनलमा प्रवेश गरेको भन्दै प्रधानमन्त्री दाहालले बधाई दिएका हुन् । ‘एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई हार्दिक बधाई,’ प्रधानमन्त्री दाहालले ट्वीट गर्दै भनेका छन्, ‘क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित […]

एसीसी प्रिमियर कपको फाइनलमा नेपाल

काठमाडौं।नेपाल एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ । कीर्तिपुर खेल मैदानमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएपछि खेल नतिजा विहीन हुँदा नेपाल समूह विजेताको रूपमा फाइनलमा पुगेको हो । जितको लागि २ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८।३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाइरहँदा खेल वर्षाको कारण रोकिन पुगेको थियो । […]

वर्ल्डलिंकद्वारा एक लाख नगदसहित सन्दीप लामिछाने सम्मानीत

काठमाडौं ।नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले सम्मान गरेको छ । ओडिआईमा सबैभन्दा छिटो १ सय विकेट लिएकोमा बधाई दिँदै वर्ल्डलिंकले सन्दीपलाई एक लाख नगदसहित सम्मानित गरेको हो । राष्ट्रिय क्रिकेट टोलीका स्पिनर समेत रहेका लामिछानेले एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको खेलमा एक विकेट लिएसँगै दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा […]

क्रिकेट : नेपालले यूएईलाई ९ रनले हरायाे

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले नेपाल एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ । बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल […]

रोनाल्डो र मेसिको फुटबल खेल् हेर्न एक् ब्यापारिले तेत्तिस् करोड् साठी लाखको टिकट् काटे

अलनासर फुटबल क्लब् साऊदी अरब र पी.एस. जी. क्लब् (पेरिस् सेंट जर्मन्) को मैत्रीपूर्ण खेल आज किंङ फाहाद स्टेडियम् साउदीमा नेपाली समय १०:४५ बेलूकी हुँदैछ। यो खेल मैत्रीपूर्ण भनिएपनी फुटबल प्रेमिहरुले बढि महत्वका साथ हेर्नेछन् किनकी कीर्तिमानी रकम् बार्षिक दुईसय मिलियन् डलरमा सम्झौता गरेर ल्याईएका ख्रीष्टयानों रोनाल्डोले अलनासरबाट पहिलो खेल खेल्नेछन् सो खेलमा उनले कप्तानी […]

विश्वप्रसिद्व ब्राजिलियन फुटबल लिजेन्ड पेलेको ८२ वर्षको उमेरमा निधन

काठमाडौं । विश्वप्रसिद्व ब्राजिलियन फुटबल लिजेन्ड पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। पेले किड्नी र प्रोटेस्टको समस्यासँग पछिल्ला केहि वर्षदेखी जुधिरहेका थिए। पछिल्लो समयमा उनमा क्यानसर समेत देखिएको थियो। पेलेको गत २०२१ को सेप्टेम्बरमा पेटबाट ट्युमरको अप्रेसन गरिएको थियो। उनी साओपाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा गत नोभेम्बर यता उपचाररत रहेका थिए। उनकी छोरी केलि […]

मेस्सीकाे कप्तानिमा तेश्राे पटक विश्वकप विजेता बन्याे अर्जेन्टिना

काठमाडौँ । विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनलमा पेनाल्टी सुट आउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिना विश्व विजेता बनेको हो । निर्धारित समय तीन तीन गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाई ब्रेकरबाट भएको थियो । २ पटक अग्रता लिए पनि जोगाउन नसक्दा अर्जेन्टिनाले जितका लागि पेनाल्टीसम्म पर्खनुपरेको थियो । ८० मिनेटसम्म अर्जेन्टिनाले २ शून्यले […]

नेपाल यु-२० साफ फुटबल प्रतियोगिताको फाइनलमा पुग्नबाट रोक्कियो

काठमाडौं । नेपाल यु-२० साफ फुटबल प्रतियोगिताको फाइनलमा पुग्नबाट रोक्किएको छ । हिजो बङ्गलादेशसँग १-१ को बराबरी खेलेको नेपाल अंक तालिकामा तेस्रो स्थानमा पुगेपछि फाइनलमा जानबाट रोक्किएको हो । नेपाल बराबरीमा रोक्किएपनि मालदिभ्सले भारतमाथि जीत हासिल गरेको भए फाइनलमा पुग्थ्यो । तर, ९० मिनेटमा गोल गर्दै भारतले मालदिभ्सलाई पराजित गरी बङ्गलादेशसँगको फाइनल निश्चित गरेको हो […]

नेपालमा पहिलो पटक क्यारेम खेल प्रतियोगिता सम्पन्न

काठमाडौँ । नेपालमा पहिलो पटक क्यारेम  च्याम्पियन सम्पन्न भएको छ । काठमाडौँमा भएको प्रतियोगितामा झापाका अशोक तामाङ प्रथम भएका छन् । उनले नगद ५० हजार हात पारेका छन् । प्रतियोगितामा दोस्रो झापाकै विशेष ढकाल तेस्रो काभ्रेका करण मगर र सान्त्वना ललितपुरका कविन सुनुवाल विजयी भएका छन् । विजेताहरूलाई खेलकुद मन्त्री महेश्वर गहतराज र अन्तराष्ट्रिय क्यारेम फेडेरेसनका […]

यु २० साफ च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको दुई खेलमा बंगलादेश र भारत विजयी

काठमाडौ ।  यु २० साफ च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको दुई खेलमा बंगलादेश र भारत विजयी भएका छन् । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी प्रतियोगितामा मिराजुल इस्लामको ह्याट्रिकप्रेरित बंगलादेश माल्दिभ्सलाई ४-१ अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । लगातार तेस्रो जित दिलाउन बंगलादेशका लागि इस्लामले ह्याट्रिक गर्दा मोहम्मद राफिकुलले एक गोल गरे । यता, माल्दिभ्सका जेडन […]