ब्याडमिन्टनमा छलाङमार्दै नेपाली खेलाडी

काठमाडौं । नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिक खेलकुद प्रतियोगिता खेल्ने भएका छन् । विश्व ब्याडमिन्टन महासंघले शनिबार विभिन्न कोटाका आधारमा ओलम्पिक खेल्ने खेलाडीको नाम सार्वजनिक गर्दा प्रिन्सलाई पनि समावेश गरेको छ । युनिभर्सालिटी कोटाबाट उनी पेरिस ओलम्पिकमा छनोट भएको महासंघले जनाएको छ । महासंघले ओलम्पिकमा छनोट भएका खेलाडी सूची तयार गर्दा उनी १७९औँ स्थानमा छन् । […]
पालिका स्तरीय मैत्रीपूर्ण फुटबल खेलमा पथरी शनिश्चरे विजयी

हिमांशु राय, मोरङ । पथरी शनिश्चरे पञ्चायत माविको खेल मैदानमा भएको मैत्रीपूर्ण पालिका स्तरीय फुटबल प्रतियोगितामा पथरी शनिश्चरे नगरपालिका विजयी भएको छ ।आज भएको सो प्रतियोगितामा पथरी शनिश्चरे नगरपालिकाले कानेपोखरी गाउँपालिकालाई २ को विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । खेलमा पथरीशनिश्चरेको तर्फबाट सागर श्रेष्ठले पहिलो गोल गर्नुभयो । यस्तैगरी कानेपोखरीको तर्फबाट […]
युएईमा एन.ओ.सी.एफ द्वारा आयाेजित मैत्रिपुर्ण फुटबल खेल सम्पन्न, अशल गोठालो सारजाह बिजयी

कृष्ण कुँवर (कर्नेलियस) दुवई । प्रवाशी नेपाली इसाईहरूको छाता संगठन (एन.ओ.सी.एफ.) ले मैत्रीपूर्ण फुटबल खेल सम्पन्न गरेको छ। युएईको डल्स्को खेल मैदानमा भएको खेलमा अंकको नियम अनुसार अशल गोठालो मण्डली सारजाह बिजयी भएको हो। पहिलो खेल् नबजागृति मण्डली अबुधाबी र नयाँ शुरूवात मण्डली बीच भएको थियो। प्रतिस्पर्धात्मक खेलमा नयाँ शुरुवात मण्डलिका आकाश बिसङखेले गोल गरेका […]
चर्च ब्वाइजले चुम्यो झापा गोल्डकप फुटबलको उपाधि

डिकेन्द्र बस्नेत, झापा । चर्च ब्वाइज युनाइटेड झापा गोल्डकप फुटबलको नयाँ च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले विभागीय टोली सश्स्त्र प्रहरी बलको एपिएफ एफसीलाई ३–० ले पराजित गर्याे । सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइजको जितमा फकुन्लेले दुई तथा राजेश परियारले एक गोल गरे । चर्च ब्वाइज पहिलो सहभागितामै […]
नेपाली समाज यूएईले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेलमा गैरआवशिय नेपाली संघ बिजयी

कृष्ण कुँवर, दुबई । नेपाली समाज युएईले आयोजना गरेको मैत्रीपूर्ण फुटबल कार्यक्रममा गैर आवशिय नेपाली संघ(एन.आर.एन्.ए.) बिजयी भएको छ। यू.एन. एफ. ए. दोस्रो र पत्रकार महासंघ युएई. तेस्रो भएको छ। नेपाली समाजका महासचिब केदार कुँवरले सञ्चालन गरेको कार्यक्रममा सल्लाहकार गोबिन्द ढकालले भनें- सबै संघ संस्थालाई एकताबद्द गर्न नेपाली समाजले बिगत चारबर्ष अघि देखी पार्कहरुमा कार्यक्रम […]
भलिबलको उपाधि भूपू सैनिक र एभरेष्टलाई

हिमांशु राय, पथरी । पथरी शनिश्चरे नगर स्तरीय प्याब्सन भलिबल टुर्नामेन्टको उपाधि भूपू सैनिक स्कुल र एभरेष्ट आमाविले हात पारेको छ। बुधबार पथरी शनिश्चरे – १ मा अवस्थित भूपू सैनिकको प्राङ्गणमा भएको पुरुष भलिबलको उपाधि भूपू सैनिक स्कुल र महिला भलिबलको उपाधि एभरेष्ट आमाविले प्राप्त गरेको हो । बुधबार भएको फाइनल प्रतियोगितामा पुरुषतर्फको खेलमा अरुणोदयको […]
मिनी मेराथन दौड प्रतियोगिताको विजेता सरोज र जमुना

डिकेन्द्र बस्नेत । पथरी शनिश्चरे खेलकुद महोत्सव २०८० अन्तर्गत आज भएको मिनी मेराथन दौड प्रतियोगितामा पुरुषतर्फ सरोज सिंह र महिला तर्फ जमुना आले मगर प्रथम भएका छन्। पुरुष तर्फको दौडमा सिंहले निर्धारित दुरी १७ मिनेटमा पार गरेका हुन् । यस्तै सोनुप राई दोस्रो र आशिस मण्डल तेस्रो भएका छन् । राई र मण्डलले २० […]
नगर खेलकुद महोत्सव : युनिटी स्पोर्ट्स कल्ब सेमिफाइनल प्रवेश

डिकेन्द्र बस्नेत,झापा । पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८० अन्तर्गत आज भएको फुटबल खेलमा युनिटी स्पोर्टस् क्लब किर्तिपुर सेमिफाइनल प्रवेश गरेको छ । युनिटीले प्रस्तावित पथरी रंगशालामा भएको दोस्रो चरणको पहिलो खेलमा राइजिङ स्टार फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । युनिटीका निरोज धिमालले खेलको २२ औं र ३० […]
पथरी शनिश्चरे नगर खेलकुद महोत्सव : कल्याण फुटबल क्लब विजयी

हिमांशु राय मोरङ । मोरङको पथरी शनिश्चरेमा जारी पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८० अन्तर्गत आज भएको फुटबल खेलमा कल्याण फुटबल क्लब विजयी भएको छ । कल्याण फुटबल क्लबले ४–२ गोलको अन्तरले बि १६ लाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । आजको प्रतियोगितामा पहिलो ह्याट्रिक कल्याण फुटबल क्लबका सुरज याक्खाले पूरा गर्दे खेलको […]
विश्व साइकल यात्री शुभप्रसाद शर्मा यु.ए.ई मा

सुबास थापा,आबुधाबी। बिश्व साइकल यात्री शुभप्रसाद शर्मा यु.ए.ई मा आईपुगेका छन् । वातावरण जोगाउन वृक्षारोपण गरौं भन्ने अवधारणा सहित आफू बिश्व भ्रमणमा नीस्किएको शुभप्रसादले बताए। उमेरले ५६ टेकेका शुभप्रसाद १६औ रास्ट्रको भ्रमणका क्रममा यु.ए.ई आईपूगेका हुन् । यु.ए.ई मा डीसेम्बर २ देखी १० तारीख् सम्म भईरहेको (कोप २८) बिश्व जलवायु परिवर्तनको कार्यक्रममा नेपाल सरकारको प्रतिनिधित्व […]
