सुप्रिम सहकारी ठगि सम्बन्धि छानविनकालागि रबिलाई बुटवल मगाइयाे

काठमाडौँ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई उपस्थित गराउन रुपन्देही प्रहरीले कास्कीमा पत्र पठाएको छ । कार्तिक २ मा पक्राउ परेका पूर्वगृहमन्त्री लामिछानेलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । अनुसन्धान अधिकृतहरूले उनको बयान लिएका छन् । प्रहरीका अनुसार बुटवलस्थित सुप्रिम बचत तथा […]
सडक कर उठाउने कार्य राेक्न गृहकाे आदेश

काठमान्डौं । गृह मन्त्रालयले प्रशासनलाई पालिकाहरुले गैरकानुनी रुपमा उठाउने सडक कर तत्काल रोक्न निर्देशन दिएको छ । मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै स्थानीय तहहरुले गैरकानुनी रुपमा उठाउने सडक दस्तुर तत्काल रोक्न भनेको हो । भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्रालयको कात्तिक ११ गतेको पत्रबाट राष्ट्रिय राजमार्ग तथा सहायक राजमार्गमा स्थानीय सरकारहरूले विभिन्न […]
डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद : अदालतले दिएन अन्तरकालीन आदेश

बिराटनगर। डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा उद्योगीको लाइन नकाट्न माग गर्दै परेको रिट निवेदनमा उच्च अदालतले अन्तरकालीन आदेश दिन अस्वीकार गरेको छ । हुलास स्टिल इन्डस्ट्रिजका अधिकार प्राप्त सञ्चालक हिमान्सु गोल्छाले प्राधिकरणविरुद्ध उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा रिट दायर गरेका थिए । सोमबार न्यायाधीशद्वय नीलम पौडेल र अर्जुन महर्जनको संयुक्त इजलासले रिटमा अन्तरकालीन आदेश जारी गर्न […]
कुलमानले लाईन काटेपछि यी उद्याेगहरुले तिर्न थाल्याे बक्यौता रकम

काठमाडौं । विद्युत् प्राधिकरणले लाइन काट्न थालेसँगै ११ उद्योगले किस्ताबन्दीमा बक्यौता तिर्न थलेका छन् । डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा प्राधिकरणले लाइन काट्न थालेसँगै सर्वोत्तम सिमेन्ट, रोल्पा सिमेन्टसहितका ११ उद्योगले किस्ताबन्दीमा बक्यौता तिर्न सुरु गरेका हुन् । प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले ११ उद्योगले बक्यौता तिर्न सुरु गरेको जानकारी दिए । विद्युत् प्राधिकरणले गत बिहीबार […]
अरू सार्वजनिक संस्थानजस्तै प्राधिकरणलाई ध्वस्त बनाउने दाउमा सरकार : माओवादी नेता पुन!

काठमाडौं । नेकपा माओवादी नेता बर्षमान पुनले सरकारले नेपाल बिद्युत प्राधिकरणकाे बक्यौता रकम उठाउने बिषयमा प्राधिकरका कार्यकारि प्रमुख कुलमानसिंह घिसिङमाथिकाे ज्यादतिका बिषयमा चर्काे आलाेचना सहित एक स्टाटस लेखेका छन्। अनेकन परिस्थितिहरुका बाबजुद गाैरब गर्न लाएक बनाएकाे प्राधिकरण देसबै नमुनाकाे रुपमा स्थापित गर्न सफल भएका थियाँ तर , याे सरकारले यहि माथि कुदृष्टी लगाएकाे भन्ने पुनकाे […]
बक्यौता उठाउन प्राधिकरणलाई कर्मचारीको साथ

काठमाडौं ।नेपाल बिद्युत प्राधिकरणले बिभिन्न उद्योगीबाट बक्यौता उठाउने विषयमा प्राधिकरणका कर्मचारीले पनि ऐक्यबद्धता जनाएका छन् । प्राधिकरणको कर्मचारी कल्याण परिषद् र राष्ट्रिय कर्मचारी युनियनले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै बक्यौता असुल नभई उद्योगमा लाइन नजोड्न पनि आग्रह गरेका छन् । ‘लाइन काटिएपश्चात् केही ग्राहकले किस्ताबन्दीमा रकम भुक्तानी गर्न सुरु गरेको जानकारी प्राप्त भएकाले महसुल भुक्तानी हुन बाँकी […]
विश्वासिलो सहकारीको १३ औं वार्षिक साधारणसभा सम्पन्न, पत्रकार अनिल देव राई सम्मानित

झापा । दमक ६ स्थित विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक सााधारणसभा आज (शनिबार) सम्पन्न भएको छ । सो सहकारीले उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई मानसम्मान तथा पुरस्कृत गरेको छ । संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा भएको १३ औं बार्षिक साधारणस भाको उद्घाटन समारोहमा विभिन्न बिषयगत क्षेत्रमा उत्कष्ट कारोबार गर्नेहरुलाई मान-सम्मान तथा पुरस्कृत […]
बाध्य भएर लाईन काट्याैँ : कुलमान घिसिङ

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले तीन महिनासम्म पनि विद्युतको बक्यौता नतिरेपछि र माथिल्लो निकायबाट लिखित निर्देशनपनि नआएपछि आफूहरुले बक्यौता नतिर्ने उद्योगको लाईन काटेको स्पष्ट पारेका छन्। आज विहान नेपाली रेडियो नेटवर्कको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा घिसिङले भने,‘हामीलाई लिखितमा कतैबाट निर्देशन आएको छैन् । प्रधानमन्त्रीज्यूले पनि निर्देशन दिनुभएको छैन् ।’ विद्युतको महशुस […]
दशैंमा नागरिकलाई घर जान सहज बनाउन भट्टराईको जोड

काठमाडौं । देशभर भएकाे अविरल वर्षाको कारण खाेटाङलाई तराईसँग जोड्ने फोक्सिङ्टारको पुल बग्ने बित्तिकै संविधानसभा सदस्य एवम् एमाले नेता विशाल भट्टराईले आफ्नो फेसबुकमा लेखे : ‘अत्यन्त पीडादायी र अपुरणीय क्षति : खोटाङको ‘लाईफलाइन’ फोक्सिङटारको पुल बगायो’ सामाजिक सञ्जालमा पनि धेरै प्रभाव भएका भट्टराईको स्टाटसमा दुई हजार बढी रियाक्टस् र हजार बढीले कमेन्ट गरेका छन् । […]
रास्ट्रिय बहुमुखी सहकारी संस्थाको २५औं वार्षिक साधारणसभा सम्पन्न

डिकेन्द्र बस्नेत, झापा । दमक ८ मा रहेको रास्ट्रिय बहुमुखी सहकारी संस्था स्थापना भएर २५ वर्ष पुगेको अवसरमा संस्थाले विभिन्न विधामार्फत सम्मान तथा पुरस्कृत गरि आफ्नो २५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कस्मिक पार्टी प्यालेसमा बिहीबार सम्पन्न साधारण सभामा रास्ट्रिय बहुमुखी सहकारी संस्थाका अध्यक्ष लछुदास सोताङ (एल.डि) राईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने […]
