नेपाल बैँकले बाेलायाे साधारण सभा

काठमाडौँ । नेपाल बैँकले साधारण सभा बोलाएको छ । बैँक सञ्चालक समितिको बैठकले चैत ६ गते बुधवार बस्नेगरी बैँकले ६५ औँ वार्षिक साधारण सभा बोलाएको हो । उक्त दिन काठमाडौँको हल्चोकस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा उक्त साधारण सभा बस्नेछ । यो वर्ष वाणिज्य बैङ्कमध्ये सबैभन्दा पछाडि साधारण सभा गर्ने बैङ्क नेपाल बैङ्क बनेको छ । […]

हलेसी अग्नि पिडितका लागि सहयाेग गर्न अपिल

काठमाडौं ।  त्रिधार्मिकस्थल हलेसी मन्दिर समेत रहेकाे खोटाङकाे हलेसी तुवाचुङ नगरपालिका वडा नं. ७ महादेवस्थानस्थित हलेसी बजारमा भएको आगलागीबाट ठूलो मात्रामा धन-सम्पत्ति तथा जलेर नष्ट भएकाे छ । अग्नी पिडीतहरुलाई राहत सङ्कलन तथा वितरणका लागि हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख बिमला राईको संयोजकत्वमा राजनैतीक दल, रेडक्रस खोटाङ, होटल व्यावसायी, इलाका प्रहरी कार्यलय हलेसी, पत्रकार, समाजसेवी लगाएत […]

महँगियाे पेट्राेल , सस्तियाे डिजेल

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको छ। नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ महँगिएको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर ४ रुपैयाँ सस्तो भएको छ। निगमले शनिबार, १५ फेब्रुअरी २०२५ मा इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार समायोजन गरेको हो। पेट्रोलको खरिद मूल्यमा ५८ पैसा वृद्धि भएकाले उपभोक्ता […]

झापामा स्ट्यान्डर्ड इन्टरलक इट्टा उद्योग: प्रतीक र हेमलता राजवंशीको प्रेरणादायी यात्रा

डिकेन्द्र बस्नेत, झापा । पछिल्ला केही वर्षमा नेपालमा भूकम्प प्रतिरोधी तथा वातावरणमैत्री निर्माण सामग्रीको माग बढ्दै गएको छ। यही आवश्यकता पूरा गर्न कन्काई नगरपालिका–३, तुलसीपुरका युवा व्यवसायी प्रतीक राजवंशी र उनकी श्रीमती हेमलता राजवंशी अढाई वर्षदेखि झापा स्ट्यान्डर्ड कङक्रिट उद्योग सञ्चालन गरिरहेका छन्। उनले नेपालमै गुणस्तरीय इन्टरलक इट्टा उत्पादन गरी स्थानीय स्रोत र श्रमलाई उपयोग […]

सरकारी बन जंगलमा आँखा लगाउने ढकालकाे नियतनै गलत

काठमाडौं । व्यवसायी चन्द्र ढकालले पाथिभरा मन्दिर परिसरमा केवुलकार निर्माण प्रकृया अघि बढाउने क्रममा साे क्षेत्रमा रहेकाे बाेटबिरुका कटान गरेदेखिनै बिबाद सुरु भएकाे थियाे। मुन्धुमि स्थललाई केवुलकार निर्माण सेवाकाे हिसाब नभई व्यवसायकाे लागि भएकाे र राष्ट्रिय फुलकाे बाेट लालिगुरासलाई बिनास गरिएकाे बिषयले साे क्षेत्रमा गाेलि समेत चलेकाे र केही ब्यक्तिहरु गम्भीर घाइते भई उपचारार्थ अस्पतालमा […]

काेशी प्रदेशका सबै जिल्लामा ग्लाेबल आईएमईकाे साखा बन्द गर्न १० राजनितिक दलकाे अल्टिमेटन

काठमाडौं । ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा केवलकार निर्माणका कारण उत्पन्न विवादले अहिले ठूलो रुप लिएको छ । व्यवसायी चन्द्र ढकालको समूह र पाथीभरामा रहेका   मुक्कुमलुङका स्थानीय समूहबीच चलिरहेको विवादले स्थानीय जनजीवनलाई आक्रान्त बनाएको छ । यसै विषयमा मुक्कुमलुङ बचाउ अभियानमा संलग्न १० वटा संस्थाहरू र ९ वटा राजनीतिक दलहरूले ग्लोबल आइएमई बैंकका सम्पूर्ण स्थानीय शाखा […]

चन्द्र ढकालकाे आईएमई ब्राण्डका सम्पूर्ण कारोबार बहिष्कार अभियान तिब्र

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका चन्द्र ढकालको स्वामित्व आईएमई समुहबाट संचालित सम्पूर्ण व्यापार विगत केही दशकमा निकै उकालो चढेको थियो । सामान्य परिवारबाट उदाएका ढकाल एकै पुस्तामा अर्बपति बनेका सफल व्यापारी समेत हुन् । तर, व्यापारको आकार सँगै राजनीतिक साँठगाँठमा राज्य शक्तिको दुरुपयोगमा समेत उकालो चढेका ढकाल ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल […]

कानुन सबै आराेपितहरुलाइ एउटै हाे कि रबिका लागि अलग बनिएकाे हाे? : राजेन्द्र लिङ्देन

काठमाडौं । प्रधानमन्त्रीलाई राजेन्द्र लिङ्देनको प्रश्न : सहकारी ठगीमा तपाईंको पार्टीको मान्छेले एक दिनपनि हिरासत बस्न नपर्ने ? राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले रवि लामिछानेमाथि प्रतिशोध साँधेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘एक जना पार्टीका अध्यक्ष ८४ दिनसम्म हिरासतमा बस्नुभयो, त्यही प्रकृतिको […]

दुई ठूला शेयर धनि बाहिरिए ग्लाेबल आइएमई बैंकबाट,काेशी प्रदेशमा खाता बन्दगर्ने अभियान चल्दै

काठमाडौं । ग्लोबल आइएमई बैंकको ठूला सेयरधनीमा १८ व्यक्ति तथा कमपनी रहेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकमा ठूला १८ सेयरधनी रहेका छन् भने २ ठूला सेयरधनी बैंकबाट बाहिरिएका छन् । एक ठूला सेयरधनी भने थपिएका छन् । थपिएका सहित १८ व्यक्ति तथा संस्था रहेका छन् । बैंकका अनुसार बैंकबाट मंगल कलश इन्भेष्टमेन्ट […]

उपचारमा अभाव हुँदा आर्थिक सहयोगको आव्हान

कृष्ण कुँवर , पर्वत। पर्वत जिल्ला फलेवास नगरपालिका ९ भंगरा निवाशी ५० वर्षिय रुमा कुमारी रिजाल क्षेत्रीलाई डीम्बासयमा क्यान्सर हुँदा कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएको छ। रुमा कुमारीको डीम्बासयमा क्यान्सर भएको र उपचारको लागी पारिवारिक आर्थिक स्थितिपनि कमजोर हुँदा उपचारमा समस्या आएको फलेवास नगरपालिका ९ का वडाअध्यक्ष दुर्गाराज सुवेदीले बताएका छन्। फलेवास थापाठाना […]