डा. पौडेललाई नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्ति गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइने

काठमाडौँ । डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्ति गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइने भएको छ । मङ्गलवार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा उक्त रिटमाथि पेसी तोकिएको थियो । उक्त इजलासमा ३१ वटा मुद्दाको पेसी तोकिएकोमा ३०औँ नम्बरमा रहेको उक्त रिट हेर्न नभ्याइने भएको हो । गत जेठ १२ गते पौडेलको […]
नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरू हेरफेर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूको हेरफेर गरिएको छ । गभर्नर विश्व पौडेलले दुई कार्यकारी निर्देशकको सरुवा र एक जनाको पदस्थापन गरेको राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले जानकारी दिए । केही दिनअघि मात्रै निर्देशकबाट कार्यकारी निर्देशकमा बढुवा भएका दीर्घ रावललाई बैङ्क तथा वित्तीय संस्था सुपरिवेक्षण विभाग प्रमुख बनाइएको छ । यसअघि […]
राष्ट्र बैंकको अडान : बैंकर र व्यवसायी छुट्याएरै छाड्ने

काठमाडौँ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) विधेयक प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिमा सरोकारवालहरूसँग छलफल जारी छ । अर्थ समितिले बैंकिङ विज्ञ, निजी क्षेत्र र सरोकारवालाहरूसँग समेत छलफल गरिसकेको छ । त्यही क्रममा सोमबार समितिले गभर्नर डा.विश्वनाथ पौडललाई बोलाएर विधेयकका विषयमा छलफल गरेको छ । सरकारले विधेयकमा जुनसुकै बैंकको चुक्ता पुँजीको १ प्रतिशतभन्दा बढी सेयर […]
सरकारले रु १० करोडसम्मको वार्षिक कारोबार गर्ने स्टार्टअप व्यवसायलाई पाँच वर्षसम्म आयकर नलिने

काठमाडौँ । सरकारले आर्थिक विधेयक २०८२ मार्फत विभिन्न वस्तुहरूको करका दरसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्नुहुँदै विभिन्न शीर्षकका राजस्वका दरसम्बन्धी व्यवस्थामा संशोधन गरिएको बताउनुभयो । बजेटको नयाँ व्यवस्थाअनुसार सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टले विशेष उद्योगसरह […]
माडी नगरपालिका–१ बनकट्टा स्थित बोटे समुदायको गुनासाे : न खेत छ, न काम, माछा मार्न पनि पाइन्न अब कसरी बाच्ने ??

चितवन । चितवनको माडी नगरपालिका–१ बनकट्टा स्थित बोटे समुदायको अस्तित्व संकटमा परेको गुनासो सार्वजनिक भइरहेका बेला राष्ट्रिय तथा स्थानीय सरोकारवाला टोलीले गाउँको स्थलगत अवलोकन गरेको छ। चितवनमा यहि जेष्ठ १२ गतेबाट जारी ५ दिने अन्तराष्ट्रिय ‘आदिवासी जनजाति बिधिमा आधारित जैविक पुनःस्थापना र खाद्य प्रणालीहरूको परिचयात्मक पद्धति’ कार्यशाला प्रशिक्षणका सहभागीहरु, स्थानीय सञ्चारकर्मी, बोटे संरक्षण अभियन्ता, अनुसन्धानकर्ता […]
बजेट भाषण: रासायनिक मलका लागि २८ अर्ब ८२ करोड रकम विनियोजन

काठमाडौं । सरकारले रासायनिक मलका लागि २८ अर्ब ८२ करोड रकम विनियोजन गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रको लागि रासायनिक मलमा अनुदान दिने उद्देश्यका साथ उक्त रकम विनियोजन गरिएको बताए। सरकारले चालू आर्थिक वर्षमा मलखाद आपूर्ति गर्न अनुदानका लागि २७ अर्ब ९५ […]
काठमाडौंबाट बाहिर स्थानान्तरण हुन चाहने उद्योगलाई सरकारले निःशुल्क लिजमा जग्गा उपलब्ध गराउने

काठमाडौं । काठमाडौंबाट बाहिर स्थानान्तरण हुन चाहने उद्योगलाई सरकारले निःशुल्क लिजमा जग्गा उपलब्ध गराउने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले काठमाडौंमा प्रदूषण कम गर्ने उद्देश्यले स्थानान्तरण हुने उद्योगलाई उक्त सुविधा प्रदान गरिने बताए। उनले विशेष आर्थिक क्षेत्रको जग्गाको भाडासमेत घटाइने बताए। भिडियो याे 👇️👇️ लिङ्कमा छ: https://www.youtube.com/live/m793XhZYSr8?si=_ajRwUut-OjGlIWq
सङ्घीय संसद्काे संयुक्त बैठक आज ३ बजे बस्दै, अर्थ मन्त्रीले बजेट पेस गर्ने

काठमाडौं । सङ्घीय संसद्को आजको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस हुँदैछ । आज अपराह्न ३ बजे बस्ने संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट पेस गर्ने कार्यसूची छ । आजै प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठक बस्दैछन् । प्रतिनिधिसभाको दिउँसो साढे १ बजे बस्ने बैठकमा सभामुख […]
आर्थिक वर्ष २०८२/०८३ को बजेट आज दिउँसो ३ बजेट सार्वजनिक हुँदै

काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३ को बजेट आज दिउँसो ३ बजेट सार्वजनिक हुँदै छ । गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएर बजेटका सिद्धान्त र प्राथमिकतासमेत संसद्बाट पास भएसँगै सरकारले आज बजेट ल्याउन लागेको हो । सङ्घीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार बिहीबार दिउँसो १ः३० […]
राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको आज सुनुवाइ

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको आज सुनुवाइ हुने भएको छ। उक्त रिटको सुनुवाइका लागि आज पेसी तोकिएको हो। अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए नेपाल राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नरमा नियुक्ति […]
