काठमाडौँ उपत्यकाका १२ जनामा हैजा पुष्टि

काठमाडौँ । काठमाडौँ उपत्यकाका १२ जनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बागबजार, डिल्लीबजार, सानेपा, बालाजु, कपन, थानकोट र नैकपमा हैजा देखिएको हो । उपत्यकामा हैजा फैलने प्रमुख कारण खानेपानी भएको जनस्वास्थ्यविद्हरू बताउँछन् । काठमाडौँ उपत्यकामा जार र बोतलको पानी शत प्रतिशत प्रशोधित शुद्ध ठानेर ढुक्कसँग पिउने गरिन्छ । तर […]
‘मिस नेपाल–२०२२’ को विजेता आज छनौंट हुँदै

काठमाडौं । ‘मिस नेपाल–२०२२’ को विजेता आज छनौंट हुँदैछ । गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा मध्यान्ह प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आयोजना हुँदैछ । जसमा २४ सुन्दरी मिस नेपालको शीर्ष उपाधिका लागि भिड्दैछन् । आयोजक द हिडन ट्रेजरले प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । प्रतियोगिताको फाइनलमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, […]
यस्ता मानिसमा धेरै डिप्रेसन हुने गर्छ !

काठमाडौँ । डिप्रेसन भन्ने बितिक्कै हामी मस्तिस्क को क्षमता पुरै गुमाएको वा पागल भएको हो भन्ने सोच्दछौं । तर वास्तब मा त्यो होईन । डिप्रेसन जो कोहिलाई हुने एक मानसिक रोग हो । यो रोग प्राय आफ्नो जीवन को फ्रस्टेसन बाट सुरुवात हुदछ । कहिले काही सामान्य डिप्रेसन मा हरेक मानिस पर्ने गर्दछ । तर […]
थप १२ जनामा संक्रमण, ९३ जना सक्रिय संक्रमित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४७३ जनाको पीसीआर परीक्षणमा ७ जना र ८६८ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी १२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जना निको […]
भारतमा कोरोनाभाइरस सङ्क्रमण बढेसँगै जोखिममा नेपाल

नेपालमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएका केसमध्ये भारत हुँदै नेपाल प्रवेश गर्नेमा पनि देखिन थालेको छ । नेपालभित्र पुष्टि भएका केसभन्दा सीमानाकामा देखिएका केसले केही दिन यता सङ्क्रमितको सङ्ख्या बढेको जस्तो देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दास बताउँछन् । आइतबार १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका […]
बलिउड अभिनेत्री महिमा चौधरी स्तन क्यान्सरसँग लड्दै

बलिउड अभिनेत्री महिमा चौधरी यति बेला स्तन क्यान्सरसँग लड्दै छिन् । उनले परदेस, सहर जस्ता धेरै फिल्ममा काम गरिसकेकी छिन् । अनुपम खेरले सामाजिक सञ्जालमा महिमाको एउटा भिडियो सेयर गर्दै यसबारे जानकारी दिएका छन् । यस भिडियोमा महिमा भन्छिन्,‘ममा कुनै लक्षण थिएन । म हरेक वर्ष मेरो नियमित परीक्षण गर्थें । यही क्रममा मैले मेरो […]
जब तपाईं चिन्तित या हैरान बन्नुहुन्छ, तब गहिरो श्वास लिनुहोस्

काठमाडौँ । जब तपाईं चिन्तित या हैरान बन्नुहुन्छ, तब तपाईंको मुटुको धड्कन लगातार छिटो हुन्छ । रगतको प्रवाह तपाईंको मुटु र मस्तिष्कतर्फ बढ्छ । यसबाट बच्नका लागि गहिरो श्वास लिने अभ्यास तपाईले दैनिक गर्नुपर्छ । चाहे तनाव होस् वा नहोस् । यसबाट २४ देखि ४८ घण्टामै मन र शरीरलाई आराम मिल्छ । निद्रा राम्रो आउँछ […]
खोटाङको ६ पालिकामा बुस्टर डोज खोप सञ्चालन

खोटाङ । खोटाङको ६ पालिकामा बुस्टर डोज खोप सञ्चालन हुने भएको छ। दुई नगरपालिका र चार गाउँपालिकामा फरक फरक समयमा बुस्टर डोज खोप कार्यक्रम सञ्चान हुने भएको हो। जिल्ला स्तरीय कोभिड–१९ खोप समन्वय समितिको सोमबार बसेको बैठकले यहि जेठ २३, २४ र २५ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकामा मोडर्नाको […]
उत्तर कोरियामा कोरोना पुष्टि भएपछि देशभर लकडाउन

प्योङयाङ । उत्तर कोरियामा कोरोना भाइरसका संक्रमित भेटिएपछि देशभरि लकडाउन घोषणा गरिएको छ । उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले बिहीबार राजधानी प्योङयाङमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको जनाएको छ । कति जनालाई कोरोना संक्रमित भए भन्नेचाहिँ खुलाइएको छैन । उत्तर कोरियाली अधिकारीहरूले पहिलो पटक आफ्नो देशमा कोरोनाको संक्रमण पुष्टि […]
बिरामीलाई औषधिमा दश प्रतिशत छुट दिइने

मार्तडी । सदरमुकाममा रहेको जिल्ला अस्पताल बाजुराले सञ्चालन गरेको फार्मेसीबाट औषधि किनेर लैजाने बिरामीलाई प्रत्येक औषधिमा पर्ने मूल्यको दश प्रतिशत छुट दिइने भएको छ । अस्पतालले आजदेखि लागू हुने गरी अस्पतालमा उपचाररत् र उपचार गर्न आएका बिरामीलाई औषधिमा दश प्रतिशत छुट दिने निर्णय गरेको अस्पताल व्यवस्थापन समितिका नव नियुक्त अध्यक्ष मानबहादुर कार्कीले जानकारी दिए । […]
