महंगो शुल्क तिरेर हेलिकोप्टर चार्टरगर्न बाध्यछन् खोटाङका कोरोना संक्रमितहरु

उमेश भुजेल्,दिक्तेल / खोटाङका कोरोना संक्रमितहरु महंगो शुल्क तिरेर हेलिकोप्टर चार्टर गरेर अस्पताल जान बाध्य छन । जिल्लाको उपचार सम्भव नभए पछि थप उपचारको लागि खोटाङ कोरोना संक्रमितहरुले महंगो शुल्क तिर्न बाध्य छन् ।सोमबार मात्रै एक कोरोना संक्रमितलाई महंगो शुल्क तिरेर उपचारका लागि हेलिकोप्टर मार्फत काठमाण्डौं लगिएको छ । कोरोना संक्रमणबाट थलिएका दिक्तेल रुपाकोट मझुवागढी […]

नक्कलि स्यानिटाइजर उत्पादन गर्ने कम्पनिमा प्रहरीकाे छापा, दुई जना पक्राउ

जेठ ९ , काठमाडौं । स्वास्थ्यका लागि हानिकारक हुने किसिमको स्यानिटाइजर उत्पदान गर्ने तीनवटा कारखानामा प्रहरीले छापा मारेको छ । सातदोबाटो, त्रिपुरेश्वर र क्षेत्रपाटीमा रहेको स्यानिटाइजर उत्पादन केन्द्रमा अपराध महाशाखाको टोलीले एकैपटक छापा मारेको हो ।महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मी नेतृत्वको टोलीले अहिले सातदोबाटोस्थित मुख्य कारखानामा परिचालित थियो, अन्य […]

मान्दैनन् कटारीका स्थानीयहरु कोरोना परिक्षण गराउन

उमेश भुजेल -जेठ ९, उदयपुरको कटारी नगरपालिकामा समाजको डरले स्थानीयले कोरोना परिक्षण नगराउने गरेको पाइएको छ । कोराना संग मिल्दो जुल्दो लक्षणका विरामीहरु समाजले हेर्ने दृष्टिकोण फरक भएकै कारणले गर्दा कोरोना परिक्षण नगरेको पाइएको हो । समाजको डर र यदि संक्रमण पुष्टि भएमा उपचारको झण्झट हुने भएकाले कोरोना संग मिल्दो जुल्दो लक्षण भएका व्यक्तिहरुले पिसीआर […]

नेपाल टेलिकमद्वारा स्वास्थयकर्मीलाई नि:शुल्क कल सुविधा

जेठ ९, काठमाडौं । कोभिड–१९ को महामारीमा संक्रमणको परवाह नगरी फ्रन्टलाइनमा बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स, फार्मेसिष्ट लगायत सबै स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्नका लागि नेपाल टेलिकमले ‘धन्यवाद स्वास्थ्यकर्मी अफर’ उपलब्ध गराउने भएको हो । यस सम्बन्धी सम्झौतामा आज नेपाल टेलिकम र नेपाल चिकित्सक परिषद/नेपाल नर्सिङ परिषद/नेपाल फर्मासिष्ट परिषद/नेपाल स्वास्थ्य […]

मा : विशाल भट्टराईको पहलमा खोटाङमा अक्सिजन प्लान्ट स्थापना हुने

चिरञ्जिवि रिजाल -जेठ ७,खोटाङ। सांसद विशाल भट्टराईको पहलमा खोटाङमा अब अक्सिजन प्लान्ट स्थापना हुने पक्का भएको छ । जिल्लाका संघिय सांसद तथा नेकपाका संसदिय दलका मुख्य सचेतक विशाल भट्टराईको पहलमा ७५ लाख रुपैँया अर्थमन्त्रालयबाट प्राप्त हुने भएपछि अक्सिजन प्लान्ट निर्माण हुने पक्का भएको हो । सामाजिक सञ्जाल फेसबुक मार्फत लेख्दै सांसद भट्टराईले भने कोभिड–१९ ले […]

खोटाङमा “दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ” पूर्णरुपमा शिल

उमेश भुजेल – खोटाङ। खोटाङको दिक्तेल पाकोट मझुवागढी नगरपालिका पूर्णरुपमा आज देखी शिल गरिएको छ ।सदरमुकाम दिक्तेल बजारसँगै नगर भित्रका १५ वटै वडाहरु शिल गरिएको नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए ।आजबाट बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ । कोरोना भाइरस कोभिड १९ लाई नियन्त्रण गर्नका लागि नगर भित्रका नागरिकहरुलाई हिडडुल गर्नलाई पनि पूर्णरुपमा प्रतिबन्द लगाइएको […]

रामग्राम नगरपालिकाको कोभिड -१९ कोषमा हुलास अटोक्राफ्टद्धारा १० लाख सहयोग

सुरेश यादब- नवलपरासी/आज पश्चिम नवलपरासीको रामग्राम–११ जमुवार्डमा रहेको हुलास अटोक्राफ्टले रामग्राम नगरपालिकाको कोभिड कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ । उद्योगले सामाजिक उत्तरदायित्व बहन गर्दै महामारीको यो समयमा सहयोग स्वरुप १० लाख रुपैयाँ नगरपालिकाको कोभिड कोषमा जम्मा गरेको उद्योगका प्लान्ट हेड नितिन गाईकवाडले जानकारी दिनुभयो । उद्योगले काठमाडौंमा पनि सरकारलाई सहयोग उपलब्ध गराएको र […]

खोटाङका पाँच पालिकाले तयार पारेका आइसोलेसनमा अझै छैन अक्सिजन सिलिन्डर

उमेश भुजेल- खोटाङ। खोटाङका १० स्थानीय तह मध्ये ५ स्थानीय तहका आइसोलेसन वेडमा अझै पनि अक्सिजन सिलिन्डर नरहेको पाइएको छ । कोरोना संक्रमणका कारण दैनिक सक्रिय संक्रमितको संख्या थपिदै गर्दा हालसम्म स्थानीय तहका आइसोलेसनमा अक्सिजन सहितको सुविधा नभएको हो । जिल्लाको रावाबेसी गाउँपालिकामा संक्रिय संक्रमितको संख्या १५ जना पुग्दासम्म गाउँपालिकाले अक्सिजन सहितको आइसोलेसन अस्पताल बनाएको […]

स्पेनबाट सहयाेग स्वरुप स्वास्थ्य सामग्रि सहित भेन्टिलेटर आईपुग्याे – सामग्रि बुझ्दै स्वास्थ्य मन्त्रि

काठमाडौं जेष्ठ ६ । नेपालमा कोरोनाभाइरस संक्रमण महामारी फैलिरहेका बेला स्पेन सरकारले दिएको स्वास्थ्य सामग्री बिहीबार काठमाडौं आइपुगेको छ । कोरोनाभाइरस संक्रमणको उपचार तथा रोकथामका लागि स्पेनले दिएको स्वास्थ्य सामग्री बोकेर आएको चार्टर्ड विमान बिहीबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाको पहलमा ल्याइएको भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, एन्टिजिन […]

१५० सिलिन्डर अक्सिजन दियाे तिब्बत सरकारले नेपाललाई

काठमाडौँ — चीनको तिब्बत सरकारले नेपाललाई १५० सिलिन्डर लिक्विड अक्सिजन दिएको छ । बिहीबार बिहान तिब्बत सरकारले ल्हासामा आयोजित एक कार्यक्रमा उक्त सिलिन्डर नेपाली महावाणिज्यदूत नवराज ढकाललाई हस्तान्तरण गरेको हो ।ल्हासास्थित नेपाली महावाणिज्यदूत ढकालले उक्त सिलिन्डर बिहीबार बिहानै नेपालका लागि हिँडेको जानकारी दिएका छन् । १५० सिलिन्डर लिक्विड अक्सिजनबाट ४० केजी क्षमताका करिब ६ हजार […]