जिवनमा पास हुनुपर्ने दुई ओटा परिक्षा ।

श्रीराम रानाभाट। कहिलेकाहीँ मन भड्किन्छ। मनले अनेक कुरामा उचाल्छ। बहकाउँछ। कहिलेकाहीँ गलत कदम उठाउँछ। गलत शब्द उच्चारण गराउँछ। गलत चिजमा या मोह जालमा फसाउँछ। सानो केही क्षणमा नै तृप्त भएर, मेटिएर जाने चिजमा मोहित गराउँछ र अन्ततोगत्वा यस्तो सजाय दिलाउँछ। यो सजाय जीवनभर कलङ्कको टीका बन्छ। यो हाम्रो “मन” जुन हामीसँग छ, हामीसँगै हिँड्छ। हामी […]
“उत्साह दिने व्यक्तिहरु आफुपनी उत्साहित बन्छन्” त्यसैले उत्साह दिन नछोडौँ।

कृष्ण कुँवर। कतिपयले तपाईँ हरूलाई दुःखमाथि दुःख, बोझमाथि बोझ, अशान्तिमाथि अझै अशान्ति थपिदिने काम गर्छन्। तपाईँको सबै कुरा राम्रो हुँदा खुशी होईन तर प्राय बेचैन हुन्छन्, तपाईँलाई कष्ट हुँदा तपाईँ बिग्रेर भत्किँदा तपाईँसँगै दुःखी हुँदैनन् तर प्राय: खुशी हुन्छन्। तपाईँको कष्टको समयमा तपाईँलाई यस्तो सल्लाह आउनेछ- तपाईँले यस्तो पाप गर्नुभएकोले… हुनसक्छ, तपाईंको ग्रह-दशा, कुल […]
संविधान संशोधनको बहस र नेतृत्वको परीक्षा : जेन–जी आन्दोलनपछि राजनीतिक स्थायित्वको खोज

रमेश कुमार बोहोरा । नेपालको राजनीतिक अस्थिरता झण्डै दुई दशकदेखि निरन्तर चलिरहेको छ । २०७२ सालमा संविधान जारी भए पनि त्यसको कार्यान्वयनका क्रममा उठेका विवाद, राजनीतिक अस्थिरता र जनस्तरमा देखिएको असन्तुष्टि अहिले फेरि तीव्र बनेको छ । संविधानले प्रदान गरेको अधिकार, संरचना र मूल्यका विषयमा राजनीतिक दलको असहमति र नेतृत्वको अस्थिरताले जनतामा गहिरो निराशा थपेको […]
बादल चाम्लिङको ‘चेकेदेम राजारानीको दरबार’

केशु विरही । बादल चाम्लिङको जन्म २०३३ सालमा साबिकको यासोक गाविस –९, खाल्डे, (हालको कुम्मायक गाउँपालिका –१, पाँचथर) मा भएको हो । ‘म भकुण्डोझैँ बजारिरहेको छु’ शीर्षकको कविताबाट नेपाली साहित्याकाशमा उदाएकी बादलका पाठेघर (कवितासङ्ग्रह) –२०७४ र वीर्य जमीन (कवितासङ्ग्रह) –२०७६ र चेकेदेम राजारानीको दरबार (कथासङ्ग्रह) –२०८१ गरी तीनओटा विधा साहित्यका कृति प्रकाशित भएका छन् । […]
मोबाइलको लत, एक दिनमा औसत कति पटक mobile touch गर्नुहुन्छ…?

सामन्य आदत भएका मान्छेले दैनिक २६०० पटक तर mobile लत लागेका हरुले ५४०० पटक भन्दा बढी । एक दिन मा mobile को screen मा हेर्ने समय कति होला… ६ घन्टा भन्दा बढी । यसरी smart phone मा तल्लीन रहन्छौं भने दिमाखमा के हुन्छ होला…? हाम्रो देशको करिब ३ करोड जनसंख्यामा १ करोड ३७ लाख मान्छेले […]
को हुन् विश्वकर्मा बाबै (बड्डा) ?

आज असोज कृष्ण एकादशी तदनुसार सेप्टेम्बर -१७ अर्थात् विश्वकर्मा पूजा । आज हिन्दुधर्मावलम्बीहरुले शिल्पी तथा निर्माण आविष्कारकका रूपमा भगवान् विश्वकर्माको धुमधामसङ्ग पूजा-अर्चना गर्ने गर्दछन् । आज विश्वकर्मा दिवस भएको हुनाले विश्वकर्मा को हुन् ? भन्ने विषयमा छोटो जानकारी गराउदैछु । विश्वकर्मा बाबाबारेमा हिन्दुशास्त्रहरुमा विभिन्न प्रकारका विवरणहरु पाइन्छ । हिन्दुशास्त्रहरुमा विश्वकर्माबारे मतैक्यता पाइदैन । विभिन्न लेखक, […]
GenZ आन्दोलनको उपलब्धि के ?

✍️ डा. भक्त राई । नेकपा एमाले र नेपाली काङग्रेसको गठबन्धन सरकार छ महिनाको लागि ढल्नु, प्रतिनिधि सभा पनि छ महिनाको लागि फेरिनु, सरकारी ऐतिहासिक दरबार, प्रशासनिक भवन र निजी व्यवसायिक भवनहरुमा आगो लाग्नु, शेरबहादुर देउवा र प्रचण्डका घरमा भएका १०/२० बोरा पैसा र सुनचाँदीमा आगो लाउनु र नेताहरुका घरमा डढाउनु र कुटपिट गर्नु बाहेक […]
अझै समय छ सुध्रिने कि सक्किने ?

केशु विरही । देशमा अहिलेको यो विषम परिस्थिति सिर्जना हुनुमा यसअघिका मुख्य दल नै जिम्मेवार हुन् भन्ने कुरा घामजत्तिकै छर्लङ्ग छ । उनीहरूले विधिको शासन कहिल्यै मानेनन् । संविधान र कानुनको धज्जी उडाउने काम मात्र भयो । देश राजनीति पार्टीका कार्यकर्ताको भर्तीकेन्द्र बन्न पुग्यो । यतिसम्म कि अदालतमा पनि राजनीतिक भर्तीकेन्द्र बन्नबाट अछुत रहेन । […]
“कथा ” ब्राह्मणले बोकेको बाख्रो “

श्रीराम रानाभाट। कुनै दार्शनिकले भनेका छन् ‘कोही मानिससँग पनि त्यस्तो कमजोरी छैन जो कहीँ कुनै समय उसैका लागि उपयोगी साबित नभएको होस्।’ एकजना ब्राह्मणले बाख्राको पाठो किनेर डोर्याएर घरतिर जाँदै थिए। बाटोमा तीनजना ‘ठगले’ ठगेर त्यो पाठो आफ्नो बनाउने योजना बनाए । सल्लाह अनुसार तीनजना तीनवटा मोडमा गएर बसे। पहिलो मोडको ठगले बाहुनलाई देख्ना साथ बिस्तारै […]
जेन–जी आन्दोलन : युवाहरुले उठाएको कदम स्वागतयोग्य छ तर, राजनितीकरण स्वीकार्य छैन

काठमाडौं। SK Mission Media का अध्यक्ष तथा सामाजिक अभियान्ता शिव प्रसाद अधिकारीले देशमा फैलिएको बेथिती, विसङ्गती र भ्रष्टाचारविरुद्ध उठिरहेको जेन–जी आन्दोलनमा आफ्नो पूर्ण समर्थन जनाउनुभएको छ। उहाँका अनुसार यो आन्दोलन केवल असन्तुष्टि प्रकट गर्ने मात्र नभई देशमा सकारात्मक परिवर्तन ल्याउने नविन आवाज बन्न सक्छ। अधिकारीले भन्नुभयो, “ २८ बर्स मुनिका युवाहरुले उठाएको कदम स्वागतयोग्य छ। […]
