मुखले ब्यक्त गर्न नसकिने शब्दहरु..। ( सत्य घटनामा आधारित्)

✒️ कृष्ण कुँवर(कर्नेलियस) कति कुराहरु यस्ता हुन्छन्, शब्दहरुले बर्णन् गर्नै सकिन्न तर सुस्केराहरु र मौनताहरुले हजार शब्दहरु बोलिरहेका हुन्छन्। कतिपय क्षणहरु नआए हुनेथियो, नदेखे हुनेथियो, नसुने हुनेथियो। ~उ सुन्दर थियो। राम्ररी बोल्थियो। सरासर आफ्नो काम् गर्थियो, सानो जागिर् गर्थियो, थोरै भएपनि कमाएर ल्याउँथियो। आमा, श्रीमती, छोराछोरीलाई पालिरहेकोनै थियो तर उ अचानक् अस्वस्थ भयो। शरिरको छाला […]
क्यास नबोक्नु मेरो गल्ती होर ?

केशब सापकाेटा हरेक दिन २ पटक यातायात व्यवस्था कार्यालय अगाडीकै बाटो हिँड्ने म लाइसेन्स रिन्यू गर्ने बेला भएको छ भन्ने थाहा हुँदाहुँदै भैरब अर्यालको ‘जय भोली’ जस्तो ‘भोली भोली’ भन्दै हिँडिरहेको थिए । समस्या परेपछि मात्र चेत खुल्ने मेरो बानी ! सायद ट्राफिक प्रहरीको फन्दामा नपरेर होला ! भोली जान्छु भन्दाभन्दै ४ महिना कटेको पत्तै […]
चार सहिदको सम्झनामा सहिद दिवस,अरु त सहिद नै होइनन्? डि बि मुखिया किराती

सहिद दिवसको चर्चा हुदै गर्दा सहिदको मर्म र दर्शनको बारे पनि चर्चा गर्नु उपयुक्त होला।बर्तमान समयमा सहिद भन्ने शब्द र मर्मलाइ हलुको प्रकारले सोच्ने गरिएकोछ।कुनै उदेश्य बिनाको ब्यक्ती,आपनो स्वार्थ पुराको लागी यात्रा गर्ने क्रममा गाडीले ठोकिएर मृत्यु भयो भने पनि सहिद घोषणा गर्नु पर्ने अरे अनि मनग्गे रकम पनि दिनु पर्ने अरे।कुनै पनि दर्शन नभएको […]
पूर्ण समानुपातिक नै किन ? —डिक बहादुर विश्वकर्मा

तत्कालीन राणा शासक श्री ३ चन्द्रशमशेर ज.ब.रा.का दाहिने हात मानिएका सरदार राममणि आ.दि.ले शाहवंश द्वारा नेपाल एकिकरण भएदेखि निरन्तर प्रचलित हुँदै आएको देशको शासन सञ्चालन गर्ने नितिलाई लिपिबद्ध गर्दै आफूहरु पछिका अनुज शासकहरुलाई समेत मार्गदर्शन भइरहोस् भन्ने हेतुले आफ्नो इतिवृत्तमा यस्तो लेखेर छोडेका थिएः– ‘ जंगली, स्वाँठे, तिघ्रे, पाखे, खर्पने(ज्यापु) डोकेको देश हो नेपाल भगवान् […]
सहिद ठुलकुमार श्रेष्ठ र लेख्न बाँकी रहेको उपन्यास : डा- धनप्रसाद सुवेदी ‘श्रमिक’

डा- धनप्रसाद सुवेदी ‘श्रमिक’ ठुलकुमार श्रेष्ठको नाम समावि दिक्तेलमा पढ्दै गर्दा पहिलो पटक सुनेको थिएँ । त्यति बेला कुन ब्याजको एसएलसीमा क–कसले फस्ट डिभिजन ल्याए भन्ने कुरा हुन्थ्यो । त्यही क्रममा अघिल्ला ब्याजका फस्ट डिभिजन एसएससी गर्ने विद्यार्थीका रूपमा ठुलकुमार श्रेष्ठको नाम सुनेको थिएँ । ठुलकुमारको गाउँका दोबेलाका बसन्त श्रेष्ठ (कवि, गीतकार वसन्तराज अज्ञात) मेरा सहपाठी । […]
सत्य घटनामा आधारित ( एलिनाको कथा ) “साँचो प्रेम खोजें “

कृष्ण कुँवर खुशी थिए रे सबैजना, म जन्मेको साँझ, बेंशीका काकाले काखिमा लोकल् कुखुरा र घ्यू बोकेर ‘साँहिली भाउजुले छोरी पाईछिन् त्यतै हिडेको है मत, भन्दै खोलाखेते बाजेको घरको बाटो हुँदै हाम्रो घरमा आएका थिएरे। हाम्रो घरमा र गाउँमा सारै खुशियाली छाएको थियोरे, किनकी धेरै छोरा जन्मिईसकेपछि त्यो घरमा पहिलो छोरीको रुपमा मैले जन्म लिएकीरैछु। […]
भाषाविनाको न जाति हुन्छ न सभ्यता हुन्छ !!

आर्य एउटा जाति भनेर मानिन्छ तर त्यसको आफ्नो भाषा छैन । आर्यभाषा भनेर संस्कृत देखाउने गरिन्छ । संस्कृत कहिल्यै बोलचालमा प्रयोग भएको भाषा होइन । कुनै जातिविशेषले होइन, लेख्न पढ्न जान्नेहरुले बन्दकोठा भित्र विकास गरेको भाषा हो संस्कृत । जनजीवनमा नभिजेको भाषा कुनै जातिविशेषको भाषा बन्न सक्दैन । समाजको भाषा बन्दैन । राज्यभाषा बन्दैन । […]
धौलासिरी समिक्षा , निर्धाको पनि दिन आउँने रहेछ

सञ्जय सिञ्जली मगर, काठमाडौ। कुनै बेला धौलासिरीका पुन मगरहरुले बोल्ने भाषा बोल्दा राजाले नबुझेर रोक लगाईएको थियो रे । मातृभाषा बोल्नेहरुले षड्यन्त्र गरी मार्ने डरका कारण राजाले त्यसो गरेका थिए भनी काफलबोट बाजेले बेला बेला सुनाउने गर्थे । हुन पनि हो, पुन मगरका पूर्खाले ठकुरी राजालाई दण्ड स्वरुप निकै पटक पैसा तिरे भन्ने कुरा भने […]
नेपालको इतिहासमा क्रम भंग गरेर राजा भएका तीन ब्यक्तिहरु

भनिन्छ नि,नेपाल इतिहासले ठगेको देस र बिगारेको असत्य इतिहास पढने हामी नेपाली।धुर्त फटाहाहरुले दरबारको इसारामा झुट इतिहास लेखेर चर्चा कमाए अनि त्यही झुट इतिहास पढेको कारण नै नेपाल बास्तबिक नेपाल हुन सकेन।उहि झुट बोल्ने फटाहा सामन्ती दलालहरु नै राज्यको ठुला ठुला पदमा आसिन हुन पुगेका छन र उहि सामन्ती दलाल फटाहाहरुले नै नेपाल देसको हालत […]
चिहान भित्र कुहिएको जिन्दगी

–मनिराज राई हावाको झोक्का मा कुनैबेला बतासिदो रैछ जिन्दगी । देखि धेर बिपत्ती कतै अनायासै हतासिदो रैछ जिन्दगी । कठिन , मुस्किल बहाब मा पनि बगाउनु पर्ने रैछ जिन्दगी । भुमरिरुपी आधिमा चलाएझै नाउ झै खियाउनु पर्ने रैछ जिन्दगी । दुख पिएर , मुस्कान देखाइ जिउनु पर्ने रैछ जिन्दगी । पुरानै किन नहुन तरै टालटुल […]
