विवादास्पद ‘इन्काउन्टर’काण्डमा तत्कालीन गृहमन्त्री थापा र आइजी सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता हुँदै

सर्वोच्च अदालतले प्रहरीले हानेको गोलीबाट मृत्यु भएको घटनामा प्रहरीले नै जाहेरी दर्ता गरी आवश्यक अनुसन्धान गर्न आदेश गरेको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासले जाहेरी दर्ता गरेर अनुसन्धान गर्न हालै आदेश दिएको हो। सर्वोच्चको यो आदेशसँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता हुने भएको हो। नेत्रविक्रम चन्द ‘विप्लव’ […]

माओवादी अध्यक्ष छाड्न प्रचण्ड तयार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन्। राम्रो विचारधारा, कार्यदिशा बोकेको, राम्रो काम गरेर आउने साथीलाई बाटो छोडिदिने उनको भनाइ छ। अनेरास्ववियू (क्रान्तिकारी)को २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले योग्य व्यक्ति आए आफूले जिम्मेवारीबाट बिदा लिन चाहेको बताए। ‘माओवादीभित्रै प्रचण्डको काम छैन, आफैँ अघि बढ्नुपर्यो भन्ने सुनिन्छ। मलाई के […]

संसद् अवरोध हटाइदिन ओलीसँग देउवाको आग्रह

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सम्बन्ध सुधार प्रयासलाई निरन्तरता दिएका छन् । प्रधानमन्त्री देउवाले मंगलबार तेस्रोपटक सरकारका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भक्तपुर बालकोटस्थित निवासमा भेट्न पठाएर ‘सरकारले सम्बन्ध सुधार गर्न चाहेको’ सन्देश दिएका छन् । देउवाका ‘दूत’का रूपमा बालकोट पुगेका मन्त्री कार्कीले ओलीसँगको डेढ घण्टा संवादक्रममा […]

सेयर बजारमा उच्च गिरावट

काठमाडौं। वित्तीय प्रणालीमा तरलता अभाव बढेसँगै सेयर बजारमा पनि उच्च गिरावट आउन थालेको छ । केही समययता निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक चार महिनापछि २७ सय अंकभन्दा तल झरेको छ । गत चैतमा पहिलो पटक नेप्से सूचक २७ सय अंकमा पुगेको थियो । त्यसपछि क्रमशः बढ्दै साउन अन्तिममा ३२ सय नजिकसम्म पुगेर रेकर्ड कायम […]

चौधरी ग्रुपद्वारा आर्थिक वर्ष २०७७/७८ मा सवा १४ अर्ब राजस्व तिरेको दाबी

काठमाडौं । लगातार रूपमा विपक्षी दलहरूले चौधरी ग्रुपले राजस्व तिरेको तथ्यांक सार्वजनिक नगरेको आवाज सडक र सदनमा उठाएपछि चौधरी ग्रुुपले चार वर्षको राजस्व तथ्यांक सार्वजनिक गरेको छ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले सदनमा र एमाले अध्यक्ष केपी ओलीले हालै एक कार्यक्रममा चौधरीको राजस्व योगदानका विषयमा टिप्पणी गरेका थिए । सो […]

दलहरूबीच मन्त्रालय भागबन्डाबारे भयो सहमति

काठमाडौं । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता गठबन्धन आबद्ध दल मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् । अध्यादेश फिर्ता भएसँगै दलहरूबीच मन्त्रालय भागबन्डाबारे सहमति भएको हो । सहमतिअनुसार गठबन्धन आबद्ध नेपाली कांग्रेसले सात मन्त्रालय लिनेछ । यस्तै, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले ६/६ मन्त्रालय लिने सहमति बनेको छ । […]

२० प्रतिशत संख्या पुर्याए दल विभाजन हुने देउवा सरकारको अध्यादेश आज फिर्ता हुँदै

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलभित्रकै दबाबपछि सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धन आबद्ध पाँच दलको बैठकपछि गठबन्धन आबद्ध नेताहरू राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद्लाई पूर्णता दिन तयार भएका हुन् । ‘दल विभाजनसम्बन्धी अध्यादेशमा गठबन्धनभित्र व्यापक छलफल भएको छ, फिर्ता गर्ने […]

दशैँअघि सवारी अनुमति पत्र न दिईने

काठमाडौं । सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) लिन बाँकी रहेकाले दशैँपछि मात्र पाउने भएका छन् । प्रिन्ट कार्ड अभाव भएपछि स्मार्ट लाइसेन्स दशैँअघि वितरण गर्न नसकिएको यातायात व्यवस्था विभागले जनाएको छ । शान्ति सेना, वैदेशिक रोजगार तथा वैदेशिक अध्ययनमा जाने खालका अति आवश्यक व्यक्तिको लाइसेन्स भने वितरण गर्ने गरिएको छ । विभागका महानिर्देशक नमराज […]

१३ जिल्लामा कांग्रेस वडा अधिवेशन अनिश्चित

काठमाडौं, असोज ६ । नेपाली कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न ढिला गरेसँगै ९ भदौका लागि तोकिएको पालिका अधिवेशनसमेत अनिश्चित बनेको छ । क्रियाशील सदस्यता नामावली टुंगिन बाँकी १३ जिल्लामा वडा अधिवेशन सार्ने तयारी गरिरहँदा त्यसको असर ९ असोजका लागि तोकिएको पालिका अधिवेशनमा पनि पर्ने भएको हो । क्रियाशील सदस्यता छानबिन समिति सदस्य आनन्द ढुंगानाले […]

बैंकहरूमा तरलता अभावसँगै सेयर बजारमा पहिरो

११४ दशमलव शून्य २ अंक अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतको पहिरोका साथ सोमबार नेप्से परिसूचक २ हजार ६९८ दशमलव २४ बिन्दुमा झर्दा कुल ८ अर्ब ४९ करोड ३४ लाख १ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।नेप्से परिसूचकमा पहिरो जाँदा पनि कारोबारको रकम ८ अर्बभन्दा बढी हुनुलाई अर्थपूर्ण रूपमा लिएको छ । सर्वसाधारण प्यानिक हुँदै […]