नेपाल–कोरिया हवाई उडान सञ्चालन गर्न माग

नेपाल कोरिया कल्चर सेन्टरका प्रतिनिधिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले समक्ष नेपाल एरलाइन्समार्फत नेपाल–कोरिया सिधा हवाई उडान सञ्चालन गर्न माग गरेका छन् । आज मन्त्रालयमा भएको भेटघाटमा नेपाल–कोरिया कल्चर सेन्टर कोरियाका निर्देशक ह्वाङ्क्युले दुवै देशको पर्यटन विकास, कृषि पर्यटनका लागि नेपाल एरलाइन्सको जहाजमार्फत सिधा उडान गर्नुपर्ने माग गरे । उनले भने, “नेपालमा पर्यटन […]
स्थानियतह निर्वाचन मिति ताेकिनाे स्वागतयाेग्य छ : एमाले

काठमाडौं। सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेपछि प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले स्वागत गरेको छ । सरकारले निर्वाचनको मिति तोक्नमा आलटाल गर्दै गर्दा एमाले निकटको जनवर्गीय संगठन आन्दोलन गरिरहेका थिए । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । एमालेले यसअघि सरकारलाई निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग […]
राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका पदाधिकारी हटाइए

काठमाडौं। सरकारले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका पदाधिकारीलाई हटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चुरे विकास समितिका पाँचै जनालाई हटाउने निर्णय गरेको हो । चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ भन्ने नाराका साथ स्थापना भएको चुरे विकास समितिका पदाधिकारी यसअघिको सरकारले नियुक्त गरेको थियो । केपी शर्मा ओली नेतृत्व सरकारले नियुक्त […]
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको सम्बन्धमा आन्तरिक तयारी अघि बढाएको छ

काठमडौं। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको सम्बन्धमा आन्तरिक तयारी अघि बढाएको छ । आयोगले सिफारिस गरेअनुरूप सरकारले आगामी जेठ ४ गते निर्वाचन घोषणा गर्नेमा ढुक्क हुँदै आयोगले तयारी अघि बढाएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगका पदाधिकारीहरूसँग मंगलबार भएको भेटमा आयोगले सिफारिस गरेकै मितिमा निर्वाचन गराउने वचन दिंदै चुनावको तयारी थाल्न आग्रह गरेका छन् । […]
काठमाडौंको गान्धी आदर्श नमुना माध्यमिक विद्यालयमा चरम बेथिति

काठमाडौं। तीन वर्षअघि वाग्मती प्रदेश सरकारले शैक्षिक गुणस्तरमा नमुना विद्यालय बनाउने घोषणा गरेको काठमाडौंको गान्धी आदर्श नमुना माध्यमिक विद्यालयमा चरम बेथिति देखिएको छ। यो विद्यालयमा देखिएको चरम बेथितिबारे केन्द्र र प्रदेश र स्थानीय सरकारसहित सरोकारवाला बेखबर देखिएका छन्। कागेश्वरी मनोहरा–९ मा रहेको यस विद्यालयमा कार्यरत शिक्षकले सोह्र महिनादेखि पारिश्रमिकको समस्या झेल्दै आएका छन्। नमुना विद्यालयको […]
एकीकृत समाजवादी र माओवादी गठबन्धन जाेगाउन चाहन्छ तर, एमाले भत्काउन

काठमाडौं। सत्तासहयात्री दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) पाँचदलीय गठबन्धन भत्काउन लागि परेको आरोप लगाएका छन्। खासगरी माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दल एमाले जसरी पनि गठबन्धन भत्काउन लागि परेको निष्कर्षमा पुगेका हुन्। एमालेले अहिलेको सरकारलाई जसरी पनि असफल पार्ने र गठबन्धन भत्काएर निर्वाचनमा जान चाहेको विश्लेषणसहित उनीहरूले आउँदो संघीय संसद्को निर्वाचनसम्म गठबन्धन […]
अनेरास्ववियुले बुटवलमा मन्त्रीलाई कालो झण्डा देखाए

काठमाडौं ।समय नै निर्वाचनको गर्न माग गर्दै आएको एमाले निकट अनेरास्ववियुले आज बुटवलमा मन्त्रीलाई कालो झण्डा देखाएको छ । केन्द्रीय सर्कुलर अनुसार आज साँझ लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्रीलाई पाल्पा रोडमा कालो झण्डा देखाएको अनेरास्ववियु लुम्बिनी प्रदेश अध्यक्ष सरोज पोखरेलले बताए । उनले मन्त्रीहरूलाई कालो झण्डा देखाउनुको लागि दिउँसोदेखि कुरेर बसे पनि अनन्त साँझ मात्र […]
अग्नि सापकोटालाई सभामुखबाट हटाउने प्रस्ताव

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव दर्ताको तयारी भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले हटाउनका लागि प्रस्ताव ल्याउने तयारी गरेको हो । नेपाली काँग्रेससँग कुरा मिलेमा एमालेले केही दिनमै महाभियोग प्रस्ताव दर्ता गर्ने बुझिएको छ । विश्वस्त स्रोतका अनुसार एमालेका प्रभाशावली नेताहरु काँग्रेसका नेताहरुसँग यसबारे छलफल बढाउन थालिसकेका छन् । विशेषगरी एमाले अध्यक्ष […]
जिल्ला कारागारमा जबरजस्ती करणीका कैदीबन्दी धेरै

खोटाङ। जिल्ला कारागार खोटाङमा सबैभन्दा धेरै जबरजस्ती करणी मुद्दाका कैदीबन्दी रहेका छन्। कारागारमा रहेका कुल कैदीबन्दी मध्येमा जबरजस्ती करणी मुद्दाका कैदीबन्दी धेरै रहेको कारागार प्रशासनले जनाएको छ। हाल आश्रित नाबालक सहित १४० जना कैदीबन्दी रहेको कारागारमा ५० जना जबरस्ती करणी मुद्दाका र ५ जना जबरजस्ती करणी उधोग मुद्दाका कैदीवन्दी रहेको कारागार प्रमुख सोमप्रसाद आचार्यले बताउनुभयो। […]
१२ वर्षमाथिका सबै बालबालिकालाई खोप लगाउन सिजपको आग्रह

काठमाडौ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले १२ वर्षमाथिका सबै बालबालिकालाई अझ प्रभावकारीरूपमा कोभिङ–१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ । सिजपका अध्यक्ष राजेश शर्मा र मीना शर्माले सोमबार विज्ञप्ति जारी गरी १२ देखि १८ वर्ष उमेर समूहका अझै ५० प्रतिशत बालबालिकालाई खोप लगाउन बाँकी रहेकाले सोबारे बालमैत्री सूचना प्रवाह गर्न माग गरेका […]
