अरुण तेस्रो आयोजनाले पूँजी वृद्धि गर्ने

काठमाडौं। नेपाल सरकारले निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा थप ६२ अर्ब २६ करोड लगानी ल्याउन प्रवर्द्धक कम्पनीलाई अनुमति दिएको छ । लगानी बोर्डको शनिवार बसेको बैठकले उक्त आयोजनाको प्रवद्र्धक एसजेबीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीलाई त्यस बराबरको पूँजी वृद्धि गर्न अनुमति दिएको हो । संखुवासभा जिल्लामा निर्माणधीन उक्त आयोजना भारत सरकार स्वामित्वको सतलज […]

केरुङ नाकामा रोकियो दसैंको सामान

काठमाडौं । जुत्ता व्यवसायी देवेन्द्र कुमारले दसैंलाई लक्षित गरेर चीनबाट ल्याएका दुई गाडी जुत्ताचप्पल तीन महिनादेखि केरुङ नाकामा रोकिएका छन्। जुत्ता नआएपछि देवेन्द्र दसैंमा के बेच्ने भन्ने चिन्तामा छन् । ‘अहिलेसम्म कोभिडले व्यापार भएको थिएन,’ उनले भने, ‘दसैंमा जुत्ताचप्पल बेचौंला भनेको, ती सामान बोकेर आएका गाडी सीमानाकापारि नै रोकिए।’ दसैंका लागि नेपाली व्यापारीले खरिद गरेका […]

अर्थ मन्त्रालयमा भोगिरहेको समस्या र अनुभव – जनार्दन शर्मा, अर्थमन्त्री

जनार्दन शर्मा, अर्थमन्त्री अर्थ मन्त्रालयमा छोटो समयमा नै धेरै अनुभव गर्न पाएको छु । हाम्रा विकासका रणनीति, लक्ष्य, योजना निर्माण र कार्यान्वयनका कुराहरू आफैंमा अन्तरविरोधी छन् । स्पष्ट एउटा रणनीतिका आधारमा हुनुपर्दथ्यो त्यस्तो नभएको पाइन्छ । सरकार बदलिंदै जाने, मन्त्री बदलिंदै जाने सँगै योजना र नीतिहरू पनि बदलिंदै जाने खालको जुन परिपाटी छ- यो नै […]

प्रदेश सरकारलाई सङ्घीय सरकारका तर्फबाट बजेट विनियोजन हुने

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश सरकारलाई सङ्घीय सरकारका तर्फबाट आवश्यक बजेट विनियोजन हुने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेशमा आम्दानीको स्रोत सीमित तर नागरिकका अपेक्षा अत्यधिक भएकाले त्यसैअनुसार बजेट विनियोजन गरिदिन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मङ्गलबार बालुवाटारस्थित निवासमा भेटेर आग्रह गरेपछि उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । मुख्यमन्त्री पोखरेलले मङ्गलबार प्रधानमन्त्री देउवा र […]

नेपाली कम्पनीहरुले विदेशमा ऋण लिँदा नेपाली बैंक ग्यारेन्टी बस्न मिल्ने

काठमाडौं। अब वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकहरू विदेशमा रहेका नेपाली कम्पनीहरूले विदेशी ऋण लिँदा बैंक ग्यारेन्टी बस्न पाउने भएका छन् । साथै, त्यस प्रयोजनका प्रतीतपत्र अर्थात् स्ट्यान्डबाइ लेटर अफ क्रेडिट (एलसी) पनि जारी गर्न पाउने व्यवस्था गरिएको हो । नेपाल राष्ट्र बैंकले मंगलवार एकीकृत परिपत्र २०७६ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । […]

प्रहरी अनुसन्धान केन्द्रीय ब्युराेद्वारा नागरिककाे अर्बौं ठगीगरेर लुकिछिपि बसेकाे अवस्थामा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ सहित १२ जना पक्राउ

काठमाडौं । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोले सिभिल बैंक तथा सिभिल समुहका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरेको छ । सर्वसाधरणको निक्षेपमा अर्बौं रकम ठगी गरेको भन्दै तामाङलाई सिआइबीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा संविधानसभाका सदस्य एवं सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ, सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ र विजय शाहसहित १२ जना रहेका छन् […]

नाम मात्रका कम्पनी खडा गरेर गोप्य लगानी गर्ने यि हुन १६ जना नेपाली

काठमाण्डौ । गैरकानुनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी र सेयर खरिद–बिक्रीको खुलासा भएको छ । गैरकानुनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाममात्रका कम्पनी खडा गरेर गोप्य लगानी, कारोबार र सेयर खरिद–बिक्री गर्ने काममा नेपाली […]

सिटिजन्स बैंकको डिजिटल बैंकिङ्ग सेवा ” ओम्नी च्यानलमा आधारित “

काठमाडौं । सिटिजन्स बैंकले ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ्ग सेवा विस्तार गरेको छ । आफ्ना बैंकिङ्ग सेवाहरु मोबाइल फोन वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी बैंकले डिजिटल बैंकिङ्ग सेवाको विस्तार गरेको हो । बैंकको अनुसार हालको मोबाइल बैंकिङ्ग एपलाई स्तरोन्नती गर्दै बैंकले सिटिजन्स बैकमा खाता भएका एवं नभएका ग्राहकहरुलाई समेत लक्षित गर्दै […]

नेपाली उद्योगको आय वृद्धिदर ८%

काठमाडौं। नेपाली उद्योगको आय वृद्धिदर ८ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ । नेपाल उद्योग परिसङ्घ (सीएनआई) ले प्रमुख औद्योगिक क्षेत्रका औद्योगिक गतिविधिको अध्ययन गरेर शुक्रबार सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासमा उद्योगको आय वृद्धिदर ८ रहेको बढेको देखाएको हो । […]

सेयर बजारमा उच्च गिरावट

काठमाडौं। वित्तीय प्रणालीमा तरलता अभाव बढेसँगै सेयर बजारमा पनि उच्च गिरावट आउन थालेको छ । केही समययता निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक चार महिनापछि २७ सय अंकभन्दा तल झरेको छ । गत चैतमा पहिलो पटक नेप्से सूचक २७ सय अंकमा पुगेको थियो । त्यसपछि क्रमशः बढ्दै साउन अन्तिममा ३२ सय नजिकसम्म पुगेर रेकर्ड कायम […]