सेयर बजार ३५.६७ अंकले घट्यो ओराालो

काठमाडौं। केन्द्रीय बैंकको नयाँ निर्देशनप्रति सेयर बजारका लगानीकर्ता बेखुशी देखिएका छन् । नयाँ निर्देशन जारीपछि आइतबार बजार खुलेको हो । तर यस दिन सेयर बजार परिसूचक ३५.६७ अंकले घटेर १९२१.२४ अंकमा आइपुगेको छ । १ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने सबै समूह घटेका छन् । केन्द्रीय बैंकले गत बिहीबार साँझ […]

सरकारले भोली देखी सस्तो पसल सञ्चालन गर्ने

काठमाडौं । सरकारले भोली देखी चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्ने भएको छ । काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा देशभरिमा ३५ स्थानमा बिक्री स्थल राखिने छ । जसअनुसार काठमाडौं उपत्यका बाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङमा सहुलियत पसल राखिने भएको छ। यसैगरी, सिराहा, जनकपुर, […]

नयाँ नाेट सटहि असाेज २९ बाट

काठमाडौं।  नेपाल राष्ट्र बैंकले यसवर्ष चाडपर्व लक्षित नयाँ तथा सुकिलो नोट सटही घटस्थापनाको दिन नजिक पारेर सुरु गर्ने तयारी गरेको छ। यस वर्ष पनि गतवर्ष जस्तै चाडपर्वका लागि सबै दरका गरेर प्रतिव्यक्ति साढे १८ हजार हाराहारीमा नोट सटही गरिने छ । सर्वसाधारणले रु. ५, रु. १०, रु. २०.रु. ५० र रु. १०० दरका एक-एक पाकेट गरी […]

बसमा सादा पाेशाकका सहित उपत्यकामा १२ हजार प्रहरी परिचालन

काठमाडौं । नेपाल प्रहरीले चाडवाडमा हुनसक्ने लुटपाटको घटनालाई ध्यानमा राखेर यात्रुवाहक बसमा सादा पोशाकका प्रहरी परिचालन गर्ने भएको छ । विशेषगरी राजमार्गको सुनसान र जंगल क्षेत्रमा यात्रुवाहक बसमा लुटपाट हुनसक्ने भएकोले ती क्षेत्रमा बसभित्रै सादा पोशाकका प्रहरी परिचालन गर्न लागिएको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी)कुवेर कडायतले विषेशगरी राजमार्गमा हुनसक्ने लुटपाट रोक्न […]

चेक बाउन्समा दुई बर्ष कैद सजायको प्रस्ताव

काठमाडौं । वित्तीय कारोबारका क्रममा ‘धोकाधडी’ को मुख्य औजार बन्दै आएको चेक अनादर ९बाउन्स० लाई नियन्त्रण गर्न सरकारले यस्तो अपराधमा संलग्नलाई दुई वर्षसम्म सजाय गर्न सक्ने गरी कानुन बनाउन लागेको छ । यसका लागि बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्ने विधेयक संसद्मा दर्ता गरिएको छ । प्रस्तावित व्यवस्था अनुसार खातामा पैसा नभए […]

आजकाे विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको […]

सूर्यविनायक नगरपालिकाले लम्पी स्किन पीडीत किसानलाई दियाे २७ लाख बढिकाे क्षतिपुर्ति

भक्तपुर। भक्तपुरकाे सूर्यविनायक नगरपालिकाले स्थानीय तहमै पहिलो पटक लम्पी स्किन पीडीत किसानहरुलाई क्षतिर्पूित स्वस्प अनुदान वितरण गरेको छ । नगरभित्र लम्पी स्कीन महामारीमा गाई मरेर क्षति ब्यहोरेका किसानलाई क्षतिपूर्तिस्वस्प अनुदान सहयोग गरिएको हो । नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख बासुदेव थापाले अनुदान वितरण गरेकाे हो । नगरपालिकाले शुक्रबार र आइतबार १, ३, […]

नेकपा एस काेशी प्रदेश अध्यक्ष चाैधरीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। नेकपा एकीकृत समाजवादीका कोशी प्रदेश अध्यक्ष तथा पोलिटब्यूरो सदस्य बलदेव चौधरीविरुद्ध भ्रष्टचारको मुद्दा दर्ता भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार त्रियुगा नगरपालिकाका तत्कालीन नगरप्रमुख बलदेव चौधरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किरणकुमार कार्की, नगरपालिकाका तत्कालीन राजश्‍व शाखा प्रमुख गुरूप्रसाद ढकाल र निश्चल ट्रेडर्स हेटौंडाका प्रोपाइटर तथा ठेकेदार राजेश्वर बछारविरूद्ध राजस्व चुहावट गरी भ्रष्टाचार […]

उद्योग वाणिज्य संघ ऐसेलुखर्ककाे अध्यक्षमा राजभण्डारी

खोटाङ ।  खाेटाङकाे ऐसेलुखर्क उद्योग वाणिज्य संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा चेत नारायण राजभण्डारी सर्वसम्मत निर्वाचित भएका छन् । आज भएको अधिवेशनबाट प्रथम उपाध्यक्षमा रमेश कुमार राजभण्डारी,द्वितीय उपाध्यक्षमा मिनेस राजभण्डारी, महासचिवमा ज्योति श्रेष्ठ(राजभण्डारी), सचिवमा कृष्ण राजभण्डारी र कोषाध्यक्षमा सकुन राजभण्डारी सर्वसम्मत  निर्वाचित भएका हुन् । भने,सदस्यहरुमा हरेराम राजभण्डारी, हेम बहादुर राई,पुष्पराज श्रेष्ठ, नारायण श्रेष्ठ,राम कुमार तामाङ, […]

प्राइम कमर्सियल बैंक १७ वर्षमा प्रवेश

काठमाडौँ । प्राइम कमर्सियल बैंकले आफ्नो १७ (सत्रौं) वर्ष प्रवेशको अवसरमा कान्तिपुर अस्पताल रक्त सञ्चार सेवासँगको सहकार्यमा बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौँमा रक्तदान कार्यक्रम आयोजन गरेको छ । आज सम्पन्न उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुको उत्साहप्रद सहभागिता रहेको जनाइएको छ । रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेको बैंकले जनाएको छ । रक्तदान गरी कार्यक्रमलाई सफल […]