नेकपा एमालेले आज पत्रकार सम्मेलन गर्ने

काठमाडौँ । नेकपा एमालेले सुन प्रकरण र संसद् अवरोधबारे विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । नेकपा एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा दिउँसो १२ः४५ बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएको हो । वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोध लगायत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ ।
आमूल परिवर्तन मसिहा पार्टीको ७ औं वर्ष गाँठ सम्पन्न

काठमाडौं ।आमूल परिवर्तन मसिह पार्टी नेपालले आफ्नो पार्टी स्थापनाको सातौं बर्ष गाँठ चाबहिल स्थित ए वान पार्टी प्यालेसमा एक समारोहबीच भव्यताका साथ सम्पन्न गरेको छ। केन्द्रिय अध्यक्ष भरत गिरीको प्रमुख आतिथ्य साथै सभापतित्वमा सम्पन्न वार्षिक उत्सवमा पार्टीका केन्द्रिय सचिव डिके लिम्बूले संचालन गर्नु भएको थियो। महा बयोबृद्ध ८० वर्षिय बुवा निल बहादुर गिरीको हातबाट पानसमा […]
सरकारविरूद्ध युवा संघको प्रदर्शन ९ तस्बिर

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सरकारसँग विभिन्न माग राख्दै प्रदर्शन गरेको छ। शनिबार काठमाडौंमा युवा संघले गाईभैँसीमा देखिएको लम्पीस्किन रोग नियन्त्रण, सहरकारी पीडितको माग सम्बोधन तथा सुन तस्करी प्रकरणलगायतका विषयको समाधान हुनुपर्ने माग राख्दै विरोध प्रदर्शन गरेको हो। युवाहरूले विभिन्न प्ले–कार्डसहितका समाग्रीहरू प्रदर्शन गरेका थिए। याे सामग्री rajdhanilive.comबाट साभार गरिएको […]
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि जारी रहनेछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राख्नेछन् । बिहीबारको बैठकमा वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी […]
आजको राष्ट्रियसभा बैठकमा पनि एमालेको अवरोध

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको राष्ट्रियसभा बैठकमा पनि अवरोध गरेको छ। बिहीबार दिउँसो बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद भैरव सुन्दर श्रेष्ठलाई बोल्न समय दिएका थिए। सांसद श्रेष्ठले विमानस्थलबाट भइरहेको सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन नभएसम्म सदन चल्न नदिने अडान दोहोर्याए। एमालेले […]
कोशी प्रदेशका नवनियुक्त मुख्यन्त्री थापाले भोलि बिहान शपथ लिने

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यन्त्री उद्धव थापाले भोलि बिहान १०:३० बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । संविधानको धारा १६८ को उपधारा(२) बमोजिम थापालाई प्रदेश प्रमुख खापुनले आज मुख्यमन्त्री नियुक्त गरेका हुन् । यसअघि असार २१ […]
प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन

काठमाडौं। प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि छलफल गर्न बसेको संवैधानिक परिषदको बैठक निष्कर्ष विहीन बनेको छ। कसलाई प्रधानन्यायाधीश बनाउने भन्ने विषय प्रवेश नै नगरी आजको बैठक टुंगिएको हो। राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्को बैठक साउन १८ गते बेलुका ५ बस्नेगरी तय भएको जानकारी दिए।
राप्रपा नेपाल र राष्ट्रिय जनआन्दाेलन माेर्चाबिच आज एकता हुँदै

काठमाडौँ । राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच आज एकता हुँदै छ । गत आइतबार राप्रपा नेपाल र मोर्चाबीच भएको सहमति अनुसार आज एकता हुन लागेको हो । आज राष्ट्रिय सभागृहमा आयोजना हुने दुई पार्टीबीच एकताको घोषणा सभाका लागि अन्तिम तयारी पूरा भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। उनका अनुसार दिउँसो २ […]
सुन प्रकरणलाई अन्तिम निष्कर्षमा पुयाउने छाैँ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन प्रकरणलाई अन्तिम निष्कर्षमा पुयाउने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले उक्त प्रकरणको जरैसम्म पुगेर छानबनि गर्ने र दोषी देखिएका सबैलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी पदाधिकारी बैठकमा उनले सुनप्रकरणलगायत भ्रष्टाचार प्रकरण र अनियमिततालाई अन्तिम निष्कर्षमा पु-याउन सरकार दृढ […]
मधेश प्रदेश सरकारका दुईजना मन्त्रीले पदबाट राजीनामा दिए

जनकपुरधाम। मधेश प्रदेश सरकारका दुईजना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । विनाविभागीय जिम्मेवारीमा रहेका जनमतबाट मन्त्री बनेका दुईजनाले सोमबार पदबाट राजीनामा दिएका हुन् । पार्टीको निर्देशनानुसार मधेश प्रदेश सरकारका मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जय यादवले राजीनामा दिएका हुन् । मुख्यमन्त्री सरोजकुमार यादवले उनीहरूको जिम्मेवारी खोसेर भूमि व्यवस्था, कृषि तथा सहाकारी मन्त्रालयको जिम्मेवारी एकीकृत समाजवादीका […]
