निषेधित क्षेत्र ताेड्ने राप्रपाकाे तयारी

काठमाडौं । आइतबार काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने राप्रपाको औपचारिक निर्णय छ । राप्रपाको यो निर्णयले आइतबारको प्रदर्शन अराजक र तनावपूर्ण हुने जोखिम छ । १५ चैतको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका नेता–कार्यकर्ताको रिहाइको मागसहित राप्रपाले प्रदर्शनको कार्यक्रम तय गरेको हो । ४ चैतको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले भनेका थिए, ‘सरकारले शान्तिपूर्ण भेला हुन पाउने, […]

नयाँ बर्षमा नयाँ सरकार बन्ने प्रचण्डकाे सङ्केत

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षमा नयाँ सरकार बन्ने दाबी गरेका छन् । गृह जिल्ला चितवनमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले नयाँ घटनाक्रमहरू विकसित भएको आफूले अनुभव गरिरहेको बताए । यो सरकार धेरै अगाडि जान सहज परिस्थिति नरहेको बताउँदै उनले सरकार फेरबदलको सम्भावना तीव्र रहेको पनि दाबी गरे । […]

कोशी प्रदेशमा एसकाे नयाँ नेतृत्वको उदय: दलाल पुँजीवादविरुद्ध तीव्र आलोचना

सुनसरी । नेकपा (एकीकृत समाजवादी) को कोशी प्रदेशको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सरिता थापा खड्काको अध्यक्षतामा १३४ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ। सचिवमा जलशेर राई, उपसचिवमा छिरिङ लामा र भवानी शंकर चयन भएका छन्। अधिवेशनको उद्घाटन सत्रमा केन्द्रीय अध्यक्ष माधव कुमार नेपाल प्रमुख अतिथिको रूपमा सहभागी थिए भने […]

रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्ने, महाधिवेशनकाे मिति सार्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक बिहीबार बस्ने गरी सकिएको छ । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बुधवारको बैठकलाई बिहीबार पनि निरन्तरता दिने गरी स्थगित गरिएको जानकारी दिए । उनका अनुसार आजको बैठकमा बदलिँदो परिस्थितिमा जनयात्राको स्वरूप, महाधिवेशन, पदाधिकारीहरूको प्रदेश हेर्ने जिम्मेवारीलगायत विषयमा निर्णय गर्न केन्द्रीय समितिको बैठक बोलाउने सहमति भएको छ […]

चित्रबहादुरले छाेट्यायाे आन्दाेलनकाे कार्यक्रम

काठमाडौँ । चित्रबहादुर केसी नेतृत्वको  राष्ट्रिय जनमोर्चाले सप्ताहब्यापी राजधानी केन्द्रित आन्दोलनको कार्यक्रम छोट्याएको छ । काठमाडौँमा बढ्दो प्रदूषणका कारण आन्दोलन छोट्याएर ५  दिन कायम गरिएको महासचिव मनोज भट्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनकाअनुसार आन्दोलनको तेस्रो दिन आज विभिन्न स्थानबाट आन्दोलनकारीहरू दिउसो १२ बजे ललितपुरको लगनखेलमा भेला भई त्यहाँबाट जुलुससहित दिउँसो २ बजे माइतीघरमण्डलामा […]

प्रतिनिधिसभा अन्तर्गतका आज तीन समितिको बैठक बस्ने

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका आज तीन समितिको बैठक बस्ने भएको छ । सोमबार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति र कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठकमा आगामी आ.व. को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्दै छ । […]

संविधान, गणतन्त्र र संघीयता कुनै दान होइन, यो हामीले हाम्रो रगतबाट खरिद गरेका हौं : पूर्व गृहराज्य मन्त्री अन्सारी

जनकपुर । मधेश फेरि बोल्न थालेको छ । तर, यो आवाज यसपटक केवल अधिकार माग्ने होइन, धोका दिनेहरूलाई चिनाउने, विश्वासघातको हिसाब माग्ने र वैकल्पिक नेतृत्व निर्माणको सङ्केत दिने स्वर बनेर आएको छ । नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल सद्भावना पार्टी र नेपाल जनजागृति पार्टीको संयुक्त आयोजनामा शनिबार जनकपुरधाममा सम्पन्न अन्तरक्रिया कार्यक्रमले […]

एपि नागरिक पार्टीको स्वास्थ्य मन्त्रीलाइ ध्यानाकर्षण पत्र

अविन मेयाङ्गवो,काठमाडौ / आमूल नागरिक परिवर्तन पार्टीको केन्द्रिय अध्यक्ष दलमर्दन कामीले एक बिज्ञाप्ती जारी गर्दै काठमाडौ क्षेत्रमा बढ्दो मौसम प्रदुषणलाइ रोक्न ध्यानाकर्षण गराएका छन। बिज्ञाप्तीमा संसारकै पहिलो नम्बर प्रदुषण शहरमा परिणत हालको  काठमाण्डौ उपत्यकामा प्रदूषणकाे मात्रा  अत्यन्तै चिन्ताजनक समस्याले गम्भीर बनिसकेको छ र यसका कारण नागरिकहरूको जीवनको गुणस्तर  लतीब्र रुपमा घट्दै गएको अवस्था छ । […]

रास्वपा बेलका ८ नम्बर वडा अधिवेशन सम्पन्न

आकाश मगर, उदयपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयपुरमा वडा अधिवेशन सम्पन्न भएको छ । उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ मा प्रथम वडा अधिवेशन सम्पन्न भएको हो । उक्त अधिवेशनबाट वडा सभापतिमा इश्वर दाहाल , उपसभापतिमा सकुन्ता कार्की ,सचिवमा महेन्द्र विष्ट सदस्यहरु संगिता नेपाली ,धन कुमारी तामाङ ,मैयाँ बस्नेत कार्की ,राजकुमार खड्का ,लगाएत […]

एक दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओलि थाइल्यान्ड जाँदै, साथकाे काे काे छन् त !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार एक दिने औपाचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्याण्ड जाँदैछन् । थाइ समकक्षी फेथोङथान सिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा जान लागेका हुन । भ्रमणका क्रममा प्रधानमन्त्री ओली र थाइ समकक्षी सिनावात्राबीच चैत […]