ट्रम्पको वकिलको घरमा एफबीआईको छापा

वैशाख, काठमाडौं । अमेरिकाको संघीय जाँच व्यूरो (एफबीआई)ले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको निजी वकिलको घर र कार्यालयमा छापा मारेको छ । ट्रम्पका निजी वकिल एवम् न्यूयोर्कका पूर्वमेयर रुडी जुलियानीको म्यानहटनस्थित घर तथा कार्यालयमा छापा मारिएको र विद्युत्तीय सामग्रीहरु नियन्त्रणमा लिइएको बीबीसीले जनाएको छ । खानतलासी गर्न एफबीआईको टोली बुधबार जुलियानीको अपर इस्ट साइड मेडिसन एभेन्यु अपार्टमेन्ट […]
मानिसलाई पहिलो पटक चन्द्रमामा पुर्याउने एपोलो मिसनका सदस्य कोलिन्सको निधन

वैशाख, काठमाडौं । मानव जातिलाई चन्द्रमामा पुर्याउने पहिलो अभियान एपोलो–११ को एक सदस्य माइकल कोलिन्सको निधन भएको छ । उनी एपोलो–११ मिसनको क्रू–मेम्बर थिए । क्यान्सरबाट पीडित कोलिन्सको ९० वर्षको उमेरमा २८ अप्रिलको दिन निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बीबीसीका अनुसार माइकल कोलिन्स चन्द्रमाको कक्षमा नै रोकिएका थिए भने उनका […]
काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू, उल्लंघन गरे के सजायँ हुन्छ ?

वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा आज विहानबाट निषेधाज्ञा लागू भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा विहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको हो । संघीय राजधानीमा कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहान ६ […]
एमालेमा प्रवेश गरेका सुदूरपश्चिम प्रदेशसभा सदस्य बोहोरा पदमुक्त – माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक अक्कल रावलले

माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक अक्कल रावलले पार्टीको केन्द्रीय कमिटीको निर्णय अनुसार बोहोरालाई कारवाहीका लागि पत्र दर्ता गराएको जानकारी दिए । उनले चैत ३१ को केन्द्रीय कमिटी बैठकबाटै बोहोरामाथि कारवाहीको निर्णय भएको बताए । बोहोरा अछाम निर्वाचन क्षेत्र नं १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रको […]
उपेन्द्र यादव भन्छन्– प्रदेश सरकारमा सहभागी हुने निर्णय भएको छैन

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने निर्णय नभएको बताएका छन् ।जनता समाजवादी पार्टीका चार सांसद सोमबार प्रदेश सरकारमा सहभागी भएको समाचारप्रति आफू आश्चर्यचकित भएको उनले बताए । ‘दिउँसो ३ बजेसम्म अविश्वास प्रस्ताव दर्ता भएको र हाम्रा पार्टीका सांसदहरुले समेत हस्ताक्षर गरेको भनेर मलाई खबर आइरहेको थियो,’ रातोपाटीसँग कुरा […]
४६ वटा पार्टीलाई स्पष्टीकरणसहित सफाई पेश गर्न आयोगको निर्देशन (विज्ञप्तिसहित)

काठमाडौं । निर्वाचन आयोगले आफ्नो खर्च नबुझाउने ४६ वटा राजनीतिक पार्टीलाई स्पष्टीकरणसहित सफाइ पेश गर्न निर्देशन दिएको छ ।सोमबार आयोगले लगातार तीन बर्षसम्म आफ्नो आयव्यय नबुझाउने पार्टीलाई स्पष्टीकरणसहित सफाई पेश गर्न भनेको हो । नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम आयोगमा दर्ता भएका राजनीतिक दलहरूले राजनीतिक दल […]
चन्द्रागिरी नोक्सानमा रहेको प्रतिवेदन सार्वजनिक भएसँगै सेयर मूल्यमा धक्का

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा चन्द्रागिरी हिल्स १८ करोड ११ लाख २० हजार रुपैयाँ नोक्सानमा देखिएको छ । कोरोनाको असर चन्द्रागिरीमा पनि देखिएको छ । एक वर्षको अवधिमा कम्पनीको नोक्सान १५ करोड ९३ लाख रुपैयाँ बढेको हो । अघिल्लो वर्ष यसै अवधिमा कम्पनी २ करोड १८ लाख ८ हजार रुपैयाँ नोक्सानमा थियो […]

